Breaking News

जसपाबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष एमालेमा

इलाम । फागुन २१ को निर्वाचन नजिकिंदै गर्दा इलाममा भने पालिकाको जनप्रतिनिधिहरु नेकपा (एमाले) मा प्रवेश गर्न थालेका छन् । इलाम क्षेत्र–२ मा पर्ने माङ्सेबुुङ गाउँपालिका उपाध्यक्ष बिनोद नेम्वाङ आज नेकपा एमालेमा प्रवेश गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुुभएका नेम्वाङले देशको भविष्य र जिल्लाको विकासका लागि ठुलो दल आवश्यक रहेको र त्यो एमालेबाट सम्भव देखिएको भन्दै आफु नेकपा (एमाले) मा प्रवेश गरेको बताउनुुभयो ।

माङ्सेबुुङ गाउँपालिकामा आयोजित एक चुनावी सभामा एमाले केन्द्रीय सदस्य राम रानाले नेम्वाङलाई एमालेमा स्वागत गर्नुभयो । यसैबिच माइजोगमाई गाउँपालिका –३ का वडाध्यक्ष राम घिमिरे पनि एमालेमा प्रवेश गर्नुुभयो । नेपाली कांग्रेस परित्याग गरी घिमिरे एमालेमा प्रवेश गर्नुभएको हो । घिमिरेलाई एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले दमकमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराउनुुभयो ।

सम्बन्धित समाचार

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य...

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ

पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ

काठमाडौं । पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ । चप्पलकारखानाको सडकमा बा ३ च ११०३ नम्बरका...

दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा...