Breaking News

देशभर एकैदिन १९ का विपद्का घटना

काठमाडौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन्। त्यसमा १५ वटा त आगलागीका घटना भएका छन्।

असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ। हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलानीका घटना भएको पाइएको छ।

प्राधिकरणका अनुसार, तेह्रथुम, संखुवासभा, मोरङमा एक एक आगलागीका घटना हुँदा सिरहा, सर्लाही र स्याङजामा दुई/दुई वटा आगलागीका घटना भएका छन्। बारा, पर्सा, रुपन्देही, बझाङमा पनि आगलागीका कारण भौतिक सम्पत्तिको क्षति भएको छ।

संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलोको घटना भए। त्यस्तै, बैतडीमा जनावरको आक्रमण भएको छ। विपदमा परेर छ जना घाइते भए भने रु ३४ लाख १२ हजार बराबरको क्षति भएको छ।

प्राधिकरणले हिउँदको समयमा सबैतिर सुक्खा हुने भएकाले आगलागी हुने सम्भावना बढी भएकाले सचेतना अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी

‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य...

भुसालको हुङ्कार : हामी आजको राजनीतिका वास्तविक प्रतिपक्ष हौँ

भुसालको हुङ्कार : हामी आजको राजनीतिका वास्तविक प्रतिपक्ष हौँ

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले नेपालको लोकतन्त्र क्रमशः ‘गाईजात्रा’ र ‘महामूर्ख सम्मेलन’ मा परिणत हुँदै गएको बताउनुभएको...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...