अर्थ

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व, खेलकुद लगायत विभिन्न आन्दोलनहरूको व्यवस्थापन तथा नियन्त्रण गर्न उत्कृष्ठ कार्य सम्पादन गर्ने जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक पवनकुमार भट्टराई र प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा रेकर्डमा जनिने गरी पुरस्कृत गरिएको हो।

प्रहरी वृत्त सिंहदरबार, काठमाडौंलाई ३१७५.१९ वर्ग मिटर जग्गा स्थायीरूपमा उपयोग गर्ने गरी जग्गा प्राप्‍ती एवं पूर्वाधार विकासमा उल्लेखनिय भूमिका निर्वाह गरेकोमा प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेलाई समेत पुरस्कृत गरिएको छ।

यस्ता कार्यले अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल उच्च कायम राख्न उत्प्रेरणा पुग्ने हुँदा उत्कृष्ठ कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो ।

सम्बन्धित समाचार

सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

काठमाडौँ। सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...