निर्वाचन प्रहरीले लगाउने जुत्ता नेपालको, लाठी र कपडा भारतबाट ल्याइयो
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीले स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र भारतीय लट्ठी प्रयोग गरेका छन्।
निर्वाचनमा खटिएका एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीलाई स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र छिमेकी मुलुक भारतबाट आयात गरिएको बेतको लट्ठी प्रदान गरिएको हो।
नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई स्वदेशी जुत्ता अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। उनीहरूले बोक्ने बेतको लट्ठी भने स्थानीय उत्पादनले अपुग हुँदा छिमेकी मुलुक भारतबाट आयात भएको हो।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन प्रहरीलाई स्वदेशी उत्पादन गोल्डस्टार प्रयोग गर्न निर्देशन दिइएको जानकारी दिनुभयो। ‘जुत्ता हामीले उपलब्ध गराउने होइन निर्वाचन प्रहरी आफैँले खरिद गर्नु पर्छ,’ जुत्ता सकेसम्म स्वदेशी उत्पादन प्रयोग गर्न भनिएको छ।’ पोसाक र बेतको लट्ठी स्थानीय उत्पादनले नपुगेपछि व्यापारीले भारतबाट समेत ल्याउने गरेको उहाँले जानकारी दिनुभयो।
निर्वाचन अवधिमा एक लाख ३३ हजार ९८० जोर जुत्ता र सोही सङ्ख्यामा बेतको लट्ठी खपत हुने गर्छ। प्रतिव्यक्ति एक जोरका दरले पोसाकसमेत एक लाख ३३ हजार ९८० जोर खपत हुने गर्छ। धेरै जोर पोसाक खपत हुने हुँदा सिउन नभ्याएकाले पनि व्यापारीले भारतबाट आयात गरेको नेपाल प्रहरीले जनाएको छ।
गोल्डस्टारसँगै नाइक कम्पनीको जुत्तासमेत प्रयोग गर्न भनिएको काफ्लेले जानकारी दिए।
निर्वाचन प्रहरीका लागि सरकारले पोसाकको पैसा दिने र व्यक्ति स्वयम्ले खरिद गर्नुपर्ने व्यवस्था छ। बजारमा गोल्डस्टार जुत्ताको मूल्य न्यूनतम पाँच सयदेखि पाँच हजार रुपियाँ रहेको छ। निर्वाचनमा जुत्ताको खपत धेरै भएपछि कारोबारसमेत धेरै हुने गर्छ।
निर्वाचन प्रहरीका निम्ति प्रहरी जवानको प्रारम्भिक तलबमान सरह प्रतिदिन ८६९।४० रुपियाँका दरले ४० दिनसम्मका लागि ३४,७७६ रुपियाँ तोकिएको छ ।
मतदानको दिनअघिपछि गरेर चार दिनका निम्ति प्रतिव्यक्ति प्रतिदिन तीन सय रुपियाँका दरले एकमुष्ट एक हजार दुई सय रुपियाँ खाजा खर्च उपलब्ध गराइने छ।
ताजा अपडेट
-
१.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
२.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
३.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
४.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
-
५.
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...




