धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
काठमाडौँ। ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ । शुक्रवार संघीय सरकार र महानगरपालिकाबीच भएको छलफलले धरहराको हस्तान्तरण तथा सञ्चालन र व्यवस्थापन प्रक्रियाको अध्ययन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिनको लागि आवश्यक अध्ययन गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले धरहराको पार्किङ र सञ्चालनको ठेक्का लिएको निजी कम्पनीलाई कुनैपनि असर नपर्नेगरी अध्ययन गरेर निष्कर्ष निकाल्ने र सोहीअनुसार अघि बढ्ने निर्णय भएको बताउनु भयो । धरहराको बेसमेन्ट पार्किङको व्यवस्थापन समेत काठमाडौं महानगरपालिकालाई दिने निर्णय छलफलले गरेको छ । महानगरपालिकाले न्युरोड क्षेत्रलाई नो पार्किङ जोन घोषणा गरी कार्यान्वयन गरिरहेको अवस्थामा धरहरामा निःशुल्क पार्किङको सुविधा गर्ने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘धरहरालाई काठमाडौं महानगरलाई हस्तान्तरण गर्नुपर्छ भन्ने माग हामीले गर्दै आइरहेका छौँ । पहिले पनि धरहराको व्यवस्थापन तथा सञ्चालन काठमाडौं महानगरपालिकाले नै गर्दै आइरहेको हो । अहिले स्थानीय सरकारको रुपमा धरहरा व्यवस्थापन र सञ्चालन काठमाडौं महानगरपालिकाले गर्छ र त्यसका लागि तत्पर छ । आजको बैठकमा पनि यो अनुरोध रह्यो । धरहरा महानगरलाई हस्तान्तरण गर्ने प्रक्रिया र त्यसको सञ्चालनको बारेमा अध्ययन गर्नको लागि समिति गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । अर्को महत्वपूर्ण कुरा, न्यूरोड आफैंमा एउटा कमर्सियल एरिया हो । यहाँ धेरै व्यवसायहरु चलिरहेको छ । त्यहाँ अहिले पार्किङ सडकमा गर्न पाइदैन भन्ने छ । त्यसको कार्यान्वयन पनि भइरहेको छ । हामीले नगर त भन्यौँ तर विकल्प दिन सकिरहेका छैनौँ । त्यसको महत्वपूर्ण विकल्प भनेको धरहराको अण्डरग्राउण्ड पार्किङ रहेको छ ।’
उहाँले धरहराको व्यवस्थापन र हस्तान्तरण काठमाडौं महानगरपालिकालाई दिइए महानगरको आन्तरिक राजश्व बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।( न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर
-
२.
इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए
-
३.
ट्रम्पद्वारा सबै देशहरूमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर
-
४.
जलवायु परिवर्तनको असर पर्यटनमा पर्दा महिलाहरू सबैभन्दा बढी मारमाः मन्त्री श्रेष्ठ
-
५.
बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता
ट्रेन्डिङ
सम्बन्धित समाचार
इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए
लेबनानको पूर्वी भाग बेकाँ उपत्यकामा शुक्रवार इजरायली हवाई हमलामा १० जना मारिएका छन् । अन्य २४ देखि ३५ जना...
ट्रम्पद्वारा सबै देशहरूमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशहरूबाट आयात हुने सामानमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।...
घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८...
पशुपतिनाथ मन्दिर परिसरमा युवकको हत्या
काठमाडौँ। पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। यही फागुन...




