Breaking News

ट्रम्पद्वारा सबै देशहरूमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशहरूबाट आयात हुने सामानमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । ट्रम्पले शुक्रवार सामाजिक सञ्जालमा आफ्नो पोस्टमार्फत यो जानकारी दिनुभएको हो ।

यो उपाय तत्काल लागू हुने उहाँले बताउनु भयो । यसअघि शुक्रवार नै ट्रम्पले राष्ट्रिय आपतकालीन अवस्थामा प्रयोग हुने कानूनअन्तर्गत लगाइएका केही ट्यारिफहरूलाई सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको भन्दै ती स्थानमा १० प्रतिशत विश्वव्यापी ट्यारिफ लगाउने आदेशमा हस्ताक्षर गर्ने बताउनुभएको थियो । समाचार ब्रिफिङमा बोल्दै ट्रम्पले सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि कडा टिप्पणी गर्नुभयो । उहाँले अदालत विदेशी हितबाट प्रभावित भएको आरोप लगाउँदै सर्वोच्च अदालतको ट्यारिफसम्बन्धी फैसला अत्यन्त निराशाजनक रहेको बताउनुभयो।

अमेरिकी सर्वोच्च अदालतले शुक्रवार ट्रम्प प्रशासनले राष्ट्रिय आपतकालीन अवस्थाका लागि प्रयोग हुने अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनअन्तर्गत लगाएका व्यापक ट्यारिफहरूलाई गैरकानूनी ठहर गरेको थियो ।
यो नयाँ १० प्रतिशत ट्यारिफ फेब्रुअरी २४ देखि लागू हुने र यो अस्थायी ९१५० दिनसम्म० हुने बताइएको छ । केही वस्तुहरू/जस्तै ऊर्जा, औषधि, अटोमोबाइल, एरोस्पेस र ९अमेरिका–मेक्सिको–क्यानडा सम्झौता० अन्तर्गतका सामानहरूमा छुट रहने जनाइएको छ । यो ट्यारिफ १९७४ को व्यापार ऐनको सेक्सन १२२ अन्तर्गत लगाइएको हो ।
यो घटनाले विश्व व्यापारमा नयाँ अनिश्चितता थपेको छ भने अमेरिकी अर्थतन्त्र र उपभोक्तामा प्रभाव पार्नसक्छ ।

सम्बन्धित समाचार

काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, चार जना घाइते

काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, चार जना घाइते

काठमाडौँ। मकवानपुरमा गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। शनिबार बिहान ६ बजे इन्द्रसरोवर गाउँपालिका २ सुकौरा बेसीस्थित...

इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए

इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए

लेबनानको पूर्वी भाग बेकाँ उपत्यकामा शुक्रवार इजरायली हवाई हमलामा १० जना मारिएका छन् । अन्य २४ देखि ३५ जना...

धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने

धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने

काठमाडौँ। ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ । शुक्रवार संघीय सरकार र महानगरपालिकाबीच भएको...

घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८...