अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका व्यापक ट्यारिफहरूलाई गैरकानूनी ठहर गरेको छ । ६–३ को बहुमतले फैसला गर्दै अदालतले भनेको छ कि राष्ट्रपतिले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्तिहरू ऐन अन्तर्गत राष्ट्रिय आपतकालको नाममा लगाएका आयात ट्यारिफहरू असंवैधानिक छन् ।
यो ऐनले राष्ट्रपतिलाई यस्ता ट्यारिफ लगाउने अधिकार दिँदैन । अदालतले जोड दिएको छ कि कर/ट्यारिफ लगाउने अधिकार अमेरिकी संविधानअनुसार कंग्रेसको हो । राष्ट्रपतिको होइन। मुख्य न्यायाधीश जोन रोबट्र्सले लेखेको फैसलामा भनिएको छ कि राष्ट्रपतिले कंग्रेसबाट स्पष्ट अनुमति बिना यस्तो व्यापक ट्यारिफ लगाउन सक्दैनन् । ट्रम्पले गत वर्ष अप्रिलमा लिबेरेसन डेको नाममा लगभग सबै आयातित सामानमा न्युनतम १० प्रतिशत ट्यारिफ लगाएका थिए । जसमा केही देशहरूमा उच्च दरहरू थिए ।
यसले अमेरिकी उत्पादनलाई बढावा दिने र सरकारलाई राजस्व बढाउने दाबी गरेका थिए । यो ट्यारिफविरुद्ध १२ वटा अमेरिकी राज्यहरूको गठबन्धनले मुद्दा दायर गरेको थियो । अन्तर्राष्ट्रिय व्यापार अदालत र अपील अदालतले पनि ट्रम्पको पक्षमा फैसला गरेको थिएन । सेप्टेम्बरमा यो मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो । फैसलाले विश्वव्यापी व्यापार, कम्पनीहरू, मुद्रास्फीति र अमेरिकी नागरिकहरूको खर्चमा प्रभाव पार्ने अपेक्षा गरिएको छ । केही अनुमानअनुसार अवैध ट्यारिफबाट संकलित अर्बौं डलर फिर्ता गर्नुपर्ने हुनसक्छ।
ट्रम्पले यो फैसलालाई ‘गम्भीर निराशाजनक’ भन्दै आलोचना गरेका छन् । केही न्यायाधीशहरूलाई अपमानजनक भनेका छन् । फैसला आएकै दिन उनले अर्को कानून प्रयोग गरी नयाँ १० प्रतिशत विश्वव्यापी ट्यारिफ लगाउने घोषणा गरेका छन् । जुन केही दिनभित्र लागू हुनेछ ।
यो फैसला ट्रम्पको आर्थिक नीतिको लागि ठूलो झट्का हो र राष्ट्रपतिको कार्यकारी अधिकारको सीमालाई स्पष्ट पार्छ ।
ताजा अपडेट
-
१.
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
-
२.
बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए
-
३.
काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, चार जना घाइते
-
४.
अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर
-
५.
इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए
ट्रेन्डिङ
सम्बन्धित समाचार
इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए
लेबनानको पूर्वी भाग बेकाँ उपत्यकामा शुक्रवार इजरायली हवाई हमलामा १० जना मारिएका छन् । अन्य २४ देखि ३५ जना...
ट्रम्पद्वारा सबै देशहरूमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशहरूबाट आयात हुने सामानमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।...
पाकिस्तानमा भूकम्प
पाकिस्तानमा आज (शुक्रबार) साँझ भूकम्प गएको छ। बीबीसी उर्दुका अनुसार स्थानीय समय साँझ ६:१० बजे अफगानिस्तानको हिन्दुकुश केन्द्रबिन्दु भएर...
जर्मनीले कार्गो सहायक कम्पनीमा छ हजार कर्मचारी कटौती गर्ने
काठमाडौँ । जर्मनीको राज्य सञ्चालित रेल सेवा ‘डच बान’ ले बिहीबार नाफा बढाउन र सरकारी कोषमाथिको निर्भरता कम गर्न...




