एमालेको झन्डा जलाउने निर्वाचन प्रहरी पक्राउ
राजविराज । सप्तरीको महादेवा गाउँपालिका–५, भगवतपुरमा नेकपा (एमाले)को झन्डा र प्रतिनिधिसभा सदस्य पदका उमेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
केही व्यक्तिहरूले एमालेविरुद्ध नाराबाजी गर्दै पार्टीको चुनाव चिह्न सूर्यअंकित झन्डा जलाइरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा देखिएको छ । त्यसमा ‘जय मधेस, जय घण्टी’ भन्ने नारा समेत लगाइएको सुनिन्छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा महादेवा–५ कै २५ वर्षीय हरिनारायण मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरी स्रोतले जनाएको छ । पक्राउ परेका मण्डल निर्वाचन सुरक्षामा खटिएका प्रहरी रहेको समेत जनाइएको छ। घटनामा संलग्न अरू व्यक्तिहरूको खोजीकार्य तीव्र पारिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राजनीतिक दलको झन्डा तथा उमेदवारको तस्बिर जलाउने कार्यले चुनावी आचारसंहिताविपरीत वातावरण सिर्जना गर्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन फागुन २१ गतेको निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक...
कर्फ्युले थामेन गौरको सुरक्षा, सडकमा सेना
काठमाडौं। दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि रौतहटको सदरमुकाम गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रण बाहिर जान...
मोहम्मद अरबी खाँको हत्यारा दुई वर्षपछि पक्राउ
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२१, बिर्ताका २२ वर्षीय इन्तेजार भन्ने मोहम्मद अरबी खाँको हत्या भएको दुई वर्षपछि उहाँको हत्यामा संलग्न...
स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण
काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन्। परिषद्ले फागुन ५ गतेखि...




