निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन फागुन २१ गतेको निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै भएको बताउनुभएको छ।
शनिबार वाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समितिको कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले आफ्नो पार्टीको मूल गन्तव्य समाजवाद नै भएको बताउनुभएको हो।
‘यो चुनाव त एउटा रणनीतिक कार्यभार मात्रै हो,’ खनालले भन्नुभ यो,‘हामी किन चुनावमा लागेका छौँ भन्दाखेरी हाम्रो पार्टीका कार्यदिशा, नीति, सिद्धान्त, घोषणा, कार्यक्रमहरू आदि आम जनतामा पुर्याउनका निम्ति ।’ चुनावमा समाजवाद किन अनिवार्य छ भन्ने कुराको जनतामाझ व्याख्या गर्न, क्रान्तिकारी जनमत निर्माण गर्न, पार्टी संगठन र जनसंगठन व्यापक रूपले विस्तार गर्न आफूहरू चुनावमा लागेको उहाँले बताउनुभयो।
चुनावबाट बहुमत प्राप्त गरेर सरकार बनाउन नसके अरु समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने वरिष्ठ नेता खनालले बताउनुभयो । ‘तर प्रतिक्रियावादी शक्तिसँग कहिल्यै पनि साँठगाँठ गर्न हुँदैन । त्यो गर्ने वितिक्कै कम्युनिस्ट पार्टीको वर्ग दृष्टिकोण समाप्त हुन्छ,’ खनालले भन्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
७ महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू...
कर्फ्युले थामेन गौरको सुरक्षा, सडकमा सेना
काठमाडौं। दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि रौतहटको सदरमुकाम गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रण बाहिर जान...
मोहम्मद अरबी खाँको हत्यारा दुई वर्षपछि पक्राउ
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२१, बिर्ताका २२ वर्षीय इन्तेजार भन्ने मोहम्मद अरबी खाँको हत्या भएको दुई वर्षपछि उहाँको हत्यामा संलग्न...
एमालेको झन्डा जलाउने निर्वाचन प्रहरी पक्राउ
राजविराज । सप्तरीको महादेवा गाउँपालिका–५, भगवतपुरमा नेकपा (एमाले)को झन्डा र प्रतिनिधिसभा सदस्य पदका उमेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको...




