Breaking News

७ महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ ।

चालू आवको साउनदेखि माघसम्म ११ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । यो व्यापार गत आवको सोही अवधिको १५.७६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

यस अवधिको वैदेशिक व्यापारमा नेपालले ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ बराबरको थियो।

भन्सार विभागका अनुसार चालू आवको सात महिनामा ११ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.६५ प्रतिशत बढी हो । सो अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, यस अवधिमा एक खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशत बढी हो । त्यसबेला एक खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

 

सम्बन्धित समाचार

धनकुटामा हायस दुर्घटना, ७ घाइते

धनकुटामा हायस दुर्घटना, ७ घाइते

काठमाडौं। कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका-१, निगालेमा शनिबार साँझ हायस दुर्घटना भएको छ। काठमाडौँबाट हिलेतर्फ जाँदै गरेको ग २...

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की। मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब...

निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै : प्रचण्ड

निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन फागुन २१ गतेको निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक...

कर्फ्युले थामेन गौरको सुरक्षा, सडकमा सेना

कर्फ्युले थामेन गौरको सुरक्षा, सडकमा सेना

काठमाडौं। दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि रौतहटको सदरमुकाम गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रण बाहिर जान...