Breaking News

आईसीसी टी२० विश्वकप क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं। आईसीसी टी२० विश्वकप क्रिकेट अन्तर्गत शनिबारको सुपर–८ को पहिलो खेलमा वर्षा बाधक बनेको छ।

श्रीलंकाको कोलम्बोमा शनिबार साँझ सवा ७ बजे सुरु हुनुपर्ने न्युजिल्यान्ड र पाकिस्तानबीचको खेलमा वर्षा भएपछि एकएक अंक बाँडेका हुन्। सुपर–८ अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् भने दोस्रो खेलमा आइतबार साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।

टी–२० विश्वकप २०२६ को फाइनल खेल फागुन २४ गते हुनेछ । नेपाल भने समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ ।

सुपर–८ का दुई खेल हुँदैछन्।

सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुँदैछ।

दोस्रो खेलमा आइतबार साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । भारतमा हुने यो भिडन्त साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ । भारत समूह ‘ए’को विजेता हो भने दक्षिण अफ्रिका समूह ‘डी’को विजेता हो । यो विश्वकपको समूह चरणमा दुवै टिम अपराजित छन्।

टी २० विश्वकप २०२६ को फाइनल फागुन २४ गते हुनेछ । नेपाल भने समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ ।

सम्बन्धित समाचार

पार्टीको झण्डा जलाउन बन्द गरियोस् : काँग्रेस

पार्टीको झण्डा जलाउन बन्द गरियोस् : काँग्रेस

काठमाडौँ। नेपाली काँग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधि तत्काल बन्द गर्नुपर्ने जनाएको छ। आइतवार पार्टी मुख्यालय सानेपामा...

जनता जागेपछि जेनजी विद्रोह भयो : सुदेश पराजुली

जनता जागेपछि जेनजी विद्रोह भयो : सुदेश पराजुली

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता सुदेश पराजुलीले गलत प्रवृत्तिका विरुद्धमा जनता जागेका कारण जेनजी विद्रोह भएको बताउनुभएको छ। आइतवार...

रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

काठमाडौँ । विशेष अदालतले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष...

निर्वाचनमा ७ दिन बिदा

निर्वाचनमा ७ दिन बिदा

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।...