‘जेन–जी संविधान’ जारी गर्नुपर्ने माग गर्दै माईतीघरमा अनसन
काठमाडौँ। जेन–जी संविधान जारी गर्न माग गर्दै जेन–जी युवा पुस्ताको एउटा समूह अनसनमा बसेको छ ।
जेन–जी विद्रोहको भावनाअनुरुपको जेनजी संविधान यही फागुन १५ गते सार्वजनि गर्नुपर्ने मागसहित उक्त समूह काठमाडौंको माईतीघर मण्डलामा अनसनमा बसेको हो । अनसनरत जेन–जी युवा जनार्दन अधिकारीले जेन–जी शहीदहरुमाथि राज्यसत्तामा बस्नेहरुले भद्दा मजाक गरिरहेको भन्दै त्यस्तो नगर्न चेतावनी दिनुभयो । उहाँले जेन–जी आन्दोलनको मुख्य माग व्यवस्था र अवस्था दुवै बदल्नु रहेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।
उहाँले २०८४ सालमा हुने निर्वाचन २०८२ सालमै गराउनको लागि जेन–जीहरुले बलिदानी नदिएको स्पष्ट पार्दै यसतर्फ सरोकारवालाहरुको ध्यान पुग्न जरुरी रहेको बताउनु भयो । वर्तमान संविधान पूर्णरुपमा खारेज गरी जेन–जी संविधान जारी गर्नुपर्ने उनीहरुको माग छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...




