Breaking News

ट्रम्पले नयाँ विश्वव्यापी भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याए

ट्रम्पले विश्वव्यापी ट्यारिफ १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याउने घोषणा गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार सामाजिक सञ्जालमा पोस्ट गर्दै नयाँ विश्वव्यापी ट्यारिफलाई १५ प्रतिशत पुर्‍याउने घोषणा गर्नुभएको हो।

यो घोषणा सर्वोच्च अदालतको फैसलाको एक दिनपछि आएको हो । जसले उहाँको पुरानो ट्यारिफ नीतिलाई अवैध ठहर गरेको थियो । उहाँले धेरै देशहरूले दशकौंदेखि अमेरिकालाई ‘ठगिरहेको’ आरोप लगाउँदै यो कदम चालेको बताउनुभएको छ ।

यसअघि शुक्रवार सर्वोच्च अदालतले ६–३ मतले ट्रम्पको अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन अन्तर्गत लगाइएको ट्यारिफ अवैध ठहर गरेको थियो । अदालतको फैसलापछि ट्रम्पले तुरुन्तै १० प्रतिशत विश्वव्यापी आयात शुल्क लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । अब उहाँले यो दरलाई १९७४ को व्यापार ऐनको धारा १२२ अन्तर्गत अधिकतम अनुमति प्राप्त १५ प्रतिशत पु¥याउनुभएको छ ।

यो ट्यारिफ अस्थायी रूपमा १५० दिनसम्म लागू हुन सक्छ । जबसम्म कंग्रेसले विस्तार गर्दैन । ट्रम्पले आगामी केही महिनामा थप नयाँ र कानूनी रूपमा अनुमति प्राप्त ट्यारिफहरू निर्धारण गर्ने बताउनुभएको छ । उहाँले यो कदम ‘अमेरिकालाई महान बनाउने’ अभियानको हिस्सा भएको र यसलाई अझ बढी सफल बनाउने उल्लेख गर्नुभयो । यो घटनाले विश्व व्यापारमा नयाँ अनिश्चितता थपेको छ । विशेष गरी अमेरिकाका मुख्य व्यापार साझेदारहरू जस्तै क्यानडा, मेक्सिको, चीन, युरोपेली संघ र बेलायतमा प्रभाव पार्नसक्छ ।

सम्बन्धित समाचार

पार्टीको झण्डा जलाउन बन्द गरियोस् : काँग्रेस

पार्टीको झण्डा जलाउन बन्द गरियोस् : काँग्रेस

काठमाडौँ। नेपाली काँग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधि तत्काल बन्द गर्नुपर्ने जनाएको छ। आइतवार पार्टी मुख्यालय सानेपामा...

जनता जागेपछि जेनजी विद्रोह भयो : सुदेश पराजुली

जनता जागेपछि जेनजी विद्रोह भयो : सुदेश पराजुली

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता सुदेश पराजुलीले गलत प्रवृत्तिका विरुद्धमा जनता जागेका कारण जेनजी विद्रोह भएको बताउनुभएको छ। आइतवार...

रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

काठमाडौँ । विशेष अदालतले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष...

निर्वाचनमा ७ दिन बिदा

निर्वाचनमा ७ दिन बिदा

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।...