गौरमा आज पनि ‘कर्फ्यु’
काठमाडौँ। शनिबार दिउँसो १ बजेदेखि रौतहटको सदरमुकाम गौर नगर क्षेत्रभित्र लगाइएको ‘कर्फ्यु’ आज पनि जारी छ। अत्यावश्यक कामका लागि आज बिहान ६३० देखि ८३० सम्म २ घण्टा केही खुकुलो पारिएको कर्फ्यु त्यसयता पूर्ण रूपमा लागु गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार कर्फ्यु गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र लगाइएको हो। गौरमा दुई समूहबिच भएको झडपमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्ने दुवै पक्षका छन्।
मुस्लिम समुदायको तर्फबाट झडपमा सहभागी जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदसहित र हिन्दु पक्षका वडा अध्यक्ष बिहारी प्रसाद साह तेलीसहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। शेख जमशेद पूर्व वडाध्यक्ष पनि हुन्। शुक्रबार दुवै समुदायबिच छलफल गराएर प्रशासनले सहमति गराए पनि शनिबार बिहानै झडप भएको थियो। यसपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कर्फ्यु लगाएको हो।
कर्फ्यु लगाएपछि स्थिति प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताउनुभयो। त्यहाँको सुरक्षा अवस्था बारे केन्द्रीय सुरक्षा समितिमा पनि गम्भीर छलफल भएको छ। त्यस क्षेत्रसहित समग्र मधेसको शान्ति सुरक्षाको अवस्था बुझ्न कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको छ।
केन्द्रीय सुरक्षा समितिले त्यहाँ दुवै पक्षलाई सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गर्दै गैर कानुनी कार्य गर्नेलाई कानुनी दायरामा ल्याइने जानकारी गराएको छ। अहिले त्यहाँ सद्भाव कायम राख्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक भइरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पार्टीको झण्डा जलाउन बन्द गरियोस् : काँग्रेस
काठमाडौँ। नेपाली काँग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधि तत्काल बन्द गर्नुपर्ने जनाएको छ। आइतवार पार्टी मुख्यालय सानेपामा...
जनता जागेपछि जेनजी विद्रोह भयो : सुदेश पराजुली
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता सुदेश पराजुलीले गलत प्रवृत्तिका विरुद्धमा जनता जागेका कारण जेनजी विद्रोह भएको बताउनुभएको छ। आइतवार...
रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश
काठमाडौँ । विशेष अदालतले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष...
निर्वाचनमा ७ दिन बिदा
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।...




