१३ वर्षीय छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ
खोटाङ। खोटाङमा १३ वर्षीय छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । दिक्तेल बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेका टेकबहादुर खत्री पक्राउ परेका हुन् ।
आरोपित शिक्षक खत्रीले फागुन ९ गते होमवर्क सिकाइ दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जवरजस्ती करणी गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनापछि बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारले बताएका छन् । पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाको विषयमा जानकारी पाएका थिए ।
परिवारले घटनाको विषयमा जानकारी गराएपछि शिक्षकलाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । परिवारले लिखित जाहेरी दिइसकेका छन । घटनाको विषयमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ । बालिकाको जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गरिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पार्टीको झण्डा जलाउन बन्द गरियोस् : काँग्रेस
काठमाडौँ। नेपाली काँग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधि तत्काल बन्द गर्नुपर्ने जनाएको छ। आइतवार पार्टी मुख्यालय सानेपामा...
जनता जागेपछि जेनजी विद्रोह भयो : सुदेश पराजुली
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता सुदेश पराजुलीले गलत प्रवृत्तिका विरुद्धमा जनता जागेका कारण जेनजी विद्रोह भएको बताउनुभएको छ। आइतवार...
रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश
काठमाडौँ । विशेष अदालतले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष...
निर्वाचनमा ७ दिन बिदा
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।...




