जनता जागेपछि जेनजी विद्रोह भयो : सुदेश पराजुली
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता सुदेश पराजुलीले गलत प्रवृत्तिका विरुद्धमा जनता जागेका कारण जेनजी विद्रोह भएको बताउनुभएको छ।
आइतवार काठमाडौँमा आयोजित कार्यक्रममा पराजुलीले यस्तो टिप्पणी गर्नुभएको हो।
आगामी निर्वाचन असत्य र गलत प्रवृत्तिविरुद्ध जनताको निर्णायक अभिव्यक्ति हुने उहाँको भनाइ छ। पछिल्लो समय देशमा देखिएको प्रवृत्ति परास्त गर्न र संविधान तथा व्यवस्थाको संरक्षण गर्ने राजनीतिक शक्तिलाई स्थापित गर्न निर्वाचन महत्त्वपूर्ण अवसर भएको उहाँको तर्क छ।
नेता पराजुलीले मतदातालाई लोकतान्त्रिक मूल्य, सत्य र संवैधानिक व्यवस्थाको पक्षमा उभिन आग्रह गर्नुभयो।
पराजुलीले भन्नुभयो, `गलत प्रवृत्ति र असत्यका विरुद्ध जनता जागेका हुन्। यो निर्वाचन असत्यलाई पराजित गर्न मूलतः ओली प्रवृत्तिलाई हराउन निर्वाचन भइरहेको हो भन्ने कुरा हामीले छुटाउनु हुँदैन। पछिल्लो समय देशमा देखा परेको प्रवृत्ति निर्वाचनबाट परास्त हुन्छ।’
उहाँले निर्वाचनबाट असत्य प्रवृत्तिलाई हटाउनुपर्ने माग गर्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पार्टीको झण्डा जलाउन बन्द गरियोस् : काँग्रेस
काठमाडौँ। नेपाली काँग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधि तत्काल बन्द गर्नुपर्ने जनाएको छ। आइतवार पार्टी मुख्यालय सानेपामा...
रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश
काठमाडौँ । विशेष अदालतले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष...
निर्वाचनमा ७ दिन बिदा
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।...
१३ वर्षीय छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ
खोटाङ। खोटाङमा १३ वर्षीय छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । दिक्तेल बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोसी...




