Breaking News

पार्टीको झण्डा जलाउन बन्द गरियोस् : काँग्रेस

काठमाडौँ। नेपाली काँग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधि तत्काल बन्द गर्नुपर्ने जनाएको छ।

आइतवार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाएकोप्रति लक्षित गर्दै त्यस्ता खालका कार्य निन्दनीय भएको उल्लेख गर्दै तत्काल बन्द हुनुपर्ने प्रतिक्रिया दिनुभएको छ।

त्यसैगरी काँग्रेसले देशका विभिन्न ठाउँमा सामाजिक सद्‌भाव तथा धार्मिक सहिष्णुतामा असर पुर्‍याउने काम भइरहेको भन्दै त्यस्ता खालका गतिविधि कहीँ कतैबाट पनि हुन नहुने भनेको छ।

प्रवक्ता चालिसेले सामाजिक विद्वेष फैलाउने, घृणायुक्त अभिव्यक्ति कुनैपनि पार्टीले गर्न नहुने बताउनुभएको छ।

उहाँले भन्नुभयो, ‘सामाजिक विद्वेष फैलाउने, घृणायुक्त अभिव्यक्ति कुनैपनि पार्टीबाट हुनु श्रेयस्कर हुँदैन। कसैको पनि आस्थामा चोट पुर्‍याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीको झण्डा जलाउने गतिविधिलाई नेपाली काँग्रेस निन्दनीय कार्य हो भन्ने ठान्छ। यस्तो काम तत्काल बन्द गरिनुपर्छ।’

प्रवक्ता चालिसेले नेपाली काँग्रेसले पार्टीले जारी गरेको प्रतिज्ञापत्र पनि आममतदाताको आकर्षण रहेको जिकिर पनि गर्नुभयो।

सम्बन्धित समाचार

जनता जागेपछि जेनजी विद्रोह भयो : सुदेश पराजुली

जनता जागेपछि जेनजी विद्रोह भयो : सुदेश पराजुली

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता सुदेश पराजुलीले गलत प्रवृत्तिका विरुद्धमा जनता जागेका कारण जेनजी विद्रोह भएको बताउनुभएको छ। आइतवार...

रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

काठमाडौँ । विशेष अदालतले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष...

निर्वाचनमा ७ दिन बिदा

निर्वाचनमा ७ दिन बिदा

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।...

१३ वर्षीय छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

१३ वर्षीय छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

खोटाङ। खोटाङमा १३ वर्षीय छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । दिक्तेल बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोसी...