पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु
काठमाडौँ। पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा घाइते भएकाको संख्या २८ पुगेको छ। गएराति धादिङस्थित त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु भएको थियो। तर यसअघि २५ घाइते भनिएकोमा अहिले बढेर २८ पुगेको छ।
सशस्त्र प्रहरी बलका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु पुष्टि भएको र घाइतेको संख्या २८ पुगेको छ। घाइतेको भने सनाखत भइसकेको छ।
घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको छ। बसमा जम्मा ४५ यात्री थिए। पोखराबाट ४३ जना चढेको र मुग्लिनमा २ वा ३ जना यात्री थपिएको भन्ने एकिन नभएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुल्न बाँकी रहेको सशस्त्रले जनाएको छ।
ताजा अपडेट
-
१.
अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि
-
२.
‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: ओली
-
३.
पाकिस्तानद्वारा अफगानिस्तान सीमासँगैका उग्रवादी शिविरहरूमा आक्रमण
-
४.
‘इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि हट्दैनौँ’
-
५.
काठमाडौं–४ का नेकपा उम्मेदवार भुसालको घोषणाः शिक्षा निःशुल्क र स्वास्थ्य सर्वसुलभ बनाउँछु
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको बताउनुभएको छ ।...
पाकिस्तानद्वारा अफगानिस्तान सीमासँगैका उग्रवादी शिविरहरूमा आक्रमण
पाकिस्तानको सूचना तथा प्रशारण मन्त्रालयले आईतवार बिहान जारी गरेको विज्ञप्तिमा भनेको छ कि पाकिस्तानले अफगानिस्तान सीमासँगैका सातवटा उग्रवादी शिविरहरूमा...
‘इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि हट्दैनौँ’
काठमाडौँ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि नहट्ने बताउनुभएको छ...
काठमाडौं–४ का नेकपा उम्मेदवार भुसालको घोषणाः शिक्षा निःशुल्क र स्वास्थ्य सर्वसुलभ बनाउँछु
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट काठमाडौं निर्वाचन–क्षेत्र नं ४ का उम्मेदवार इन्द्र भुसालले आफू निर्वाचित भएमा हरेक नागरिकले...




