अर्थ

दुई फर्मलाई जरिवाना

काठमाडौँ । नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ बाँसबारीस्थित बाँसबारी राइस मिललाई रु दुई लाख जरिवाना तिराएको हो । त्यसैगरी जयस अन्न घर कागेश्वरी नगरपालिका–६ मुलपानी बाबाचोकलाई रु १० हजार जरिवाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ ।

विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीन फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई तीन भित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गराएको स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार

फोहरजन्य वस्तु बिक्री गरी सात महिनामा रु १४ लाख आम्दानी

फोहरजन्य वस्तु बिक्री गरी सात महिनामा रु १४ लाख आम्दानी

तनहुँ । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाखभन्दा बढी आम्दानी...

कति छ मुद्राको मूल्य?

कति छ मुद्राको मूल्य?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी...

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

काठमाडौँ। सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा वृद्धि भएको...

७ महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार

७ महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू...