‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको बताउनुभएको छ । आफ्नो किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ आफू मैदानमा होमिएको उल्लेख गर्नुभएको हो । उहाँले एमालेलाई देशको प्रमुख शक्ति बनाउने आफ्नो अर्को ठूलो लक्ष्य रहेको र त्यसलाई पूरा गरेरै छाडेको दाबी गर्नुभयो।
नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरेको भएपनि त्यसलाई सहन नसक्नेहरूले फुटाएको उहाँको गुनासो छ । आफूमाथि लाग्ने ‘जिद्दी’ को आरोपबारे स्पष्ट पार्दै उहाँले आफू कहिल्यै पनि गलत वा नराम्रो कुरामा जिद्दी नगर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘मैले करिव किशोरावस्था नै थियो, विवाह पनि भइसकेको थियो । त्यसबेला पञ्चायत फाल्नुपर्छ, राजतन्त्र फाल्नुपर्छ भन्ने लाग्यो मलाई, म त्यस काममा लागेँ । लागेपछि लागें, लागें । जबसम्म पञ्चायत फालिएन, जेल परियोस् कि, जेल ठोकियोस् कि, हत्कडी लगाओस् कि, यातना दियोस् कि, कुटोस् कि, पिटोस् कि, भोकै राखोस् कि, जे सुकै गरे पनि राजतन्त्र फाली छाड्छु, पञ्चायत फाली छाड्छु । यो संकल्प पूरा नभएसम्म लागेको लाग्यै गरियो । त्यसैगरी सानो ठाउँबाट निर्माण शुरु गरेर नेकपा एमाले देशको प्रमुख पार्टी बनाई छाड्छु भन्ने कुरा पनि गरियो र नेपालमा दुई तिहाइ हैसियतको पार्टी समेत निर्माण गरियो । त्यो कुरा सहन नसक्नेहरूले फुटाए, त्यो आफ्नो ठाउँमा छ । त्यसलाई कमजोर पारे, त्यो आफ्नो ठाउँमा छ, त्यो भोलि त्यस सन्दर्भमा कुरा होला । संघर्षशील जिन्दगी भनेको रमाइलो जिन्दगी होइन । तर संघर्षको अन्त्यमा, सही कुरा । एउटा संघर्ष गर्दा सही कामका लागि, सही कुराका लागि संघर्ष गर्नुपर्छ । जिद्दी गर्छ भन्ने अलिकति आरोप छ मलाई यस कितावमा । जिद्दी म केमा गर्छु भन्दा, नराम्रो कुरामा कहिल्यै पनि जिद्दी गर्दिनँ, गलत कुरामा कहिल्यै पनि जिद्दी गर्दिनँ, सही कुरामा मात्रै जिद्दी गरेको हुन्छु ।’
संघर्षशील जिन्दगी रमाइलो नहुने तर सही कामका लागि गरिने संघर्षको अन्त्य सुखद् हुने उहाँको तर्क छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
रास्वपा मकवानपुरका संस्थापक सभापति पराजुलीले पनि छाडे रास्वपा, कांग्रेसमै फिर्ता
-
२.
समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?
-
३.
संस्थापक भण्डारीको पुनरागामनपछी फराकिलो जितका लागि दोलखामा पार्वतलाई सहज
-
४.
वीरगन्जमा लाग्यो कर्फ्यु
-
५.
अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?
काठमाडौँ। सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको १ खर्ब २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ । फागुन...
वीरगन्जमा लाग्यो कर्फ्यु
काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी...
पाकिस्तानद्वारा अफगानिस्तान सीमासँगैका उग्रवादी शिविरहरूमा आक्रमण
पाकिस्तानको सूचना तथा प्रशारण मन्त्रालयले आईतवार बिहान जारी गरेको विज्ञप्तिमा भनेको छ कि पाकिस्तानले अफगानिस्तान सीमासँगैका सातवटा उग्रवादी शिविरहरूमा...
‘इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि हट्दैनौँ’
काठमाडौँ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि नहट्ने बताउनुभएको छ...




