अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि
अफगानिस्तान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आईतवार एक्स (ट्विटर)मा पोस्ट गर्दै पाकिस्तानी सेनाले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पुनः हवाई हमला गरेको पुष्टि गर्नुभएको छ । यस हमलामा दर्जनौं नागरिकको ज्यान गएको तथा घाइते भएको उहाँले बताउनुभयो।
मुजाहिदकाअनुसार पाकिस्तानी सेनाले नंगरहार र पक्तिका प्रान्तका नागरिक क्षेत्रहरूमा बमबारी गरेको थियो । यस क्रममा महिला तथा बालबालिकासहित दर्जनौंको ज्यान गएको छ । अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो घटनालाई अफगान क्षेत्रमा भएको स्पष्ट उल्लंघन तथा अपराधपूर्ण कार्य भन्दै कडा निन्दा गरेको छ । यो अन्तर्राष्ट्रिय कानुन तथा छिमेकी मित्रताका सिद्धान्तको उल्लंघन भएको मन्त्रालयको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, पाकिस्तानले अफगान नागरिक लक्षित तथा धार्मिक स्थलहरूमा आक्रमण गरेको छ । अफगान पक्षले यसको उचित समयमा सावधानीपूर्वक तथा उपयुक्त प्रतिक्रिया दिने बताएको छ । यसैबीच, पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने पाकिस्तानले सीमा क्षेत्रमा रहेका सातवटा आतंकवादी शिविरहरूमा खुफिया जानकारीमा आधारित लक्षित हमला गरेको दाबी गरेको छ ।
यो हमला हालैका आत्मघाती बम विस्फोटहरूको प्रतिक्रियास्वरूप गरिएको बताइएको छ । यी हमलाको जिम्मेवारी तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का गुटहरू तथा इस्लामिक स्टेट खोरासान प्रान्त (आईएसकेपी) ले लिएका थिए । गत वर्ष अक्टोबरदेखि दुवै देशका सीमा क्षेत्रमा बारम्बार झडपहरू भइरहेका छन् ।
गत अक्टोबर १९ मा कतार र टर्कीको मध्यस्थतामा दुवै पक्षबीच युद्धविराम भएको थियो । त्यसपछि दोहा, इस्तानबुल र रियादमा भएका वार्ताहरूबाट युद्धविरामलाई दिगो बनाउन सकेनन् । यो घटनाले दुई छिमेकी देशबीचको तनावलाई थप बढाएको छ ।
ताजा अपडेट
-
१.
रास्वपा मकवानपुरका संस्थापक सभापति पराजुलीले पनि छाडे रास्वपा, कांग्रेसमै फिर्ता
-
२.
समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?
-
३.
संस्थापक भण्डारीको पुनरागामनपछी फराकिलो जितका लागि दोलखामा पार्वतलाई सहज
-
४.
वीरगन्जमा लाग्यो कर्फ्यु
-
५.
अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
ट्रम्पले नयाँ विश्वव्यापी भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याए
ट्रम्पले विश्वव्यापी ट्यारिफ १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याउने घोषणा गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार सामाजिक सञ्जालमा...
अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका व्यापक ट्यारिफहरूलाई गैरकानूनी ठहर गरेको छ । ६–३ को बहुमतले फैसला गर्दै...
इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए
लेबनानको पूर्वी भाग बेकाँ उपत्यकामा शुक्रवार इजरायली हवाई हमलामा १० जना मारिएका छन् । अन्य २४ देखि ३५ जना...
ट्रम्पद्वारा सबै देशहरूमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशहरूबाट आयात हुने सामानमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।...




