समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?
काठमाडौँ। सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको १ खर्ब २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ । फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड जम्मा भएको हो ।
विसं २०७५ को मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ भएको थियो । उसले योगदानकर्ताहरूबाट रकम संकलन गर्न २०७६ साउन १ गतेदेखि थालेको हो ।
सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभुत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गरिन्छ । यसमा ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने हुन्छ । त्यसका अतिरिक्त योगदानकर्ताले आफ्नो इच्छाअनुसार योगदान रकम थप्न पनि सक्छन् । प्रत्येक महिनाको योगदान अर्को महिनाको १५ गतेभित्रै कोषमा जम्मा गरिसक्नुपर्छ ।
कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको हो । सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारीले कोषको रकमलाई सुरक्षित राखिएको बताउनुभयो।
उहाँकाअनुसार कोषले सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्यूचुअल फन्ड, डिबेन्चर आदिमा लगानी समेत गरेको छ । योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी भइरहेको छ । प्रवक्ता अधिकारीले भन्नुभयो– ‘सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको छ । कोषमा जम्मा हुने रकमलाई सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्यूचुअल फन्ड, डिबेन्चर आदिमा लगानी समेत गरिएको छ । योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी गरिएको छ ।’
सामाजिक सुरक्षा कोषमा श्रमिक वा योगदान कर्ताको विभिन्न क्षेत्र छुट्याएको छ । यसमा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारी गरी चार वटा क्षेत्र छुट्याइका छन् । यो कोषमा आवद्ध हुने योगदानकर्ताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर चार वटा योजनाबाट लाभ लिन सक्दछन् ।
अहिले कोषमा आवद्ध भएका योगदानकर्ताहरूको सङ्ख्या २८ लाख २२ हजार ३३३ पुगिसकेको छ ।
सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ८४ पुगेका छन् ।
कुल योगदानकर्ताहरूमध्ये औपचारिक क्षेत्रका श्रमिकहरू झन्डै ६ लाख ७९ हजार जति रहेका छन् भने झन्डै २२ लाख जना वैदेशिक रोजगारीमा गएकाहरू रहेका छन् ।
अनौपचारिक क्षेत्रका अनि स्वरोजगारमा रहेकाहरूको हिस्सा थोरै रहेको देखिन्छ । ८५४ जनामात्रै त्यस्ता श्रमिक सामाजिक सुरक्षा कोषमा सहभागि भएका छन् भने ८०८ जना स्वरोजगार क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध छन् । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
रास्वपा मकवानपुरका संस्थापक सभापति पराजुलीले पनि छाडे रास्वपा, कांग्रेसमै फिर्ता
-
२.
समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?
-
३.
संस्थापक भण्डारीको पुनरागामनपछी फराकिलो जितका लागि दोलखामा पार्वतलाई सहज
-
४.
वीरगन्जमा लाग्यो कर्फ्यु
-
५.
अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
वीरगन्जमा लाग्यो कर्फ्यु
काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी...
‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको बताउनुभएको छ ।...
पाकिस्तानद्वारा अफगानिस्तान सीमासँगैका उग्रवादी शिविरहरूमा आक्रमण
पाकिस्तानको सूचना तथा प्रशारण मन्त्रालयले आईतवार बिहान जारी गरेको विज्ञप्तिमा भनेको छ कि पाकिस्तानले अफगानिस्तान सीमासँगैका सातवटा उग्रवादी शिविरहरूमा...
‘इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि हट्दैनौँ’
काठमाडौँ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि नहट्ने बताउनुभएको छ...




