टिकटकर तुलसा अधिकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिइन्
काठमाडौं । टिकटकर तुलसा अधिकारी ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएकी छिन् ।
यी दुई घटनाको प्रहरीले एकसाथ अनुसन्धान अघि बढाएको छ । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो । अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए । प्रतिवादी अधिकारी भने अहिले चीनमा रहेको बताइएको छ । चीनबाटै उने टिकटकमार्फत ब्ल्याकमेलिङ गरेको प्रहरीले बताएको छ।
उनीविरुद्ध ४ करोड रुपैयाँ भन्दा बढी ठगीको आरोप छ ।
ताजा अपडेट
-
१.
‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्ति, माफी माग्न आग्रह
-
२.
‘ट्रेड युनियन खारेज गर्ने’ रास्वपाको वाचाप्रति राष्ट्रिय शिक्षक संगठनको आपत्ति
-
३.
टिकटकर तुलसा अधिकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिइन्
-
४.
एमालेको पहिलो प्राथमिकता देश हो : ओली
-
५.
एमालेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपामा
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्ति, माफी माग्न आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले हालै धनगढीमा आयोजित चुनावी...
निर्वाचन चिन्हको भौतिक स्वरुप बोकेर प्रचारप्रसार हिँडे कारबाही हुन्छः आयोग
काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । आयोगका...
नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने
काठमाडौँ। नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड...
समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?
काठमाडौँ। सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको १ खर्ब २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ । फागुन...




