‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्ति, माफी माग्न आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले हालै धनगढीमा आयोजित चुनावी सभामा ‘रुखमा बाँध्ने, बाटोमा सुताउने र खोरमा हाल्ने’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । बालेनले निर्माण व्यवसायीलक्षित यस्तो अभिव्यक्ति दिनुभयो ।
उक्त अभिव्यक्तिप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव रोशन दाहालले बताउनुभयो। यही फागुन ६ गतेको उक्त अभिव्यक्तिलाई महासंघले ‘सस्तो लोकप्रियताका लागि गरिएको निकृष्ट र गैरजिम्मेवार’ कदम भन्दै यसबाट ३० हजार व्यवसायीको मानमर्दन भएको जनाएको छ ।
सोमबार (फागुन ११) काठमाडौंमा महासंघले गरेको पत्रकार सम्मेलनमा दाहालले भन्नुभयो, `इन्जिनियरिङ पृष्ठभूमि भएका जिम्मेवार नेताबाट वास्तविक समस्याको पहिचान नगरी व्यवसायीलाई मात्र दोषी देखाउनु खेदजनक छ । यसप्रति अविलम्ब सार्वजनिक माफी माग्न हामी जोडदार माग गर्दछौँ ।”
मुलुकभर झन्डै ३० हजार आयोजना अलपत्र अवस्थामा रहेको र राज्यको अदूरदर्शी नीतिका कारण निर्माण क्षेत्र ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको महासंघले चेतावनी दिएको छ । न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश
-
२.
‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्ति, माफी माग्न आग्रह
-
३.
‘ट्रेड युनियन खारेज गर्ने’ रास्वपाको वाचाप्रति राष्ट्रिय शिक्षक संगठनको आपत्ति
-
४.
टिकटकर तुलसा अधिकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिइन्
-
५.
एमालेको पहिलो प्राथमिकता देश हो : ओली
ट्रेन्डिङ
-
१.
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
-
२.
खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई
-
३.
दुई फर्मलाई नगद जरिवाना
-
४.
मतदाता फागुन २१ को व्यग्र प्रतिक्षामा छन्, सबैभन्दा बढी मतदान हुन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी
-
५.
संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल
सम्बन्धित समाचार
टिकटकर तुलसा अधिकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिइन्
काठमाडौं । टिकटकर तुलसा अधिकारी ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएकी छिन् । यी दुई घटनाको...
निर्वाचन चिन्हको भौतिक स्वरुप बोकेर प्रचारप्रसार हिँडे कारबाही हुन्छः आयोग
काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । आयोगका...
नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने
काठमाडौँ। नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड...
समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?
काठमाडौँ। सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको १ खर्ब २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ । फागुन...




