धादिङ बस दुर्घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा, मृतक सबैको सनाखत
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुग्नुभएको छ।
गृहमन्त्री अर्यालले सोमबार अपराह्न कलंकीस्थति नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेलाई भेटी स्वास्थ्यअ अवस्थाबारे जानकारी लिनुभएको हो।
दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए। घाइतेहरूको उद्धार गरेर अहिले कलंकीस्थति नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङ्गस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सो अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने प्रतिवद्धता जनाए। उनले दुर्घटनाको शिघ्र अनुसन्धान गरी दोषिलाई कनूनी दायरामा ल्याइने बताउनुभयो।
दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरिएको छ।
पृथ्वी राजमार्ग अन्तगर्त पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १ बजेर ३० मिनेटमा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो।
गृहमन्त्रीका साथमा गृहसचिव मन्त्रालयका उच्च अधिकारी, स्वास्थ्य मन्त्रालयका अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत अस्पताल पुगेका थिए।
प्रारम्भमा सनाखत भएका मृतकहरुको विवरणः-
१. स्टेवार्ट डोमिनिक एथान नाम भएका वर्ष २४ का पुरुष (बेलायती नागरिक)
२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष अं. ४० को बिबेक बस्तोला
३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जि. काठमाण्डौं नागार्जुन नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६३ का चन्द्र बहादुर कुँवर
४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं. ४ बस्ने अ. वर्ष ४० का ओम कुमार मल्ल
५. जिल्ला धादिङ, साबिक सल्यानकोट-८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अ. वर्ष ३० को ईन्जिनियर ठकुरी
६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गा.पा.-७, मालेबगर बस्ने अ. वर्ष ५५ की विष्णु माया
७. जिल्ला काठमाडौँ म.न.पा. ६, बौद्ध टुसाल बस्ने अ. वर्ष ४२ को लोप्साङ गोले
८. जिल्ला तनहँ. भिमान नगरपालिका वडा नं. ६ बस्ने अ. वर्ष ४५/४६ को हरि प्रसाद सिग्देल ९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. २ बस्ने अ. वर्ष ५५ को नबिन्द्र श्रेष्ठ
थप सनाखत भएका मृतकहरुको विवरण:-
१०. जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ६३ का रुद्र प्रसाद ढकाल
११. जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २० कि अर्चना पौडेल
१२. जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. १४, चाउथे बस्ने वर्ष २१ कि अञ्जली क्षेत्री
१३. जिल्ला कास्की, माछापुच्छरे गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २१ को रोहित नेपाली
१४. जिल्ला स्याङजा, पुतलिबजार नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी
१५. जिल्ला काठमाण्डौं, काठमाण्डौं म.न.पा. वडा नं. ३२ बुद्धनगर बस्ने वर्ष ३३ कि अनिशा महर्जन
१६. जिल्ला मोरङ, उर्लाबारी १ स्थायी ठेगाना भएकि वर्ष २७ की हिरा चौधरी
१७. जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. १९ बस्ने वर्ष २६ को सुजित नेपाली
१८. देश भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराईच घर भएका वर्ष ३२ को मनिष सुक्ला, पुरुष (भारतीय नागरिक)
१९. झाङ चुनचु नाम भएकी वर्ष ४० कि महिला (चिनियाँ नागरिक)
ताजा अपडेट
-
१.
सिंहदरबार जलाएको आरोपमा पक्राउ परेकालाई सरकारी वकिलले दियो मुद्दाबाट उन्मुक्ति
-
२.
धादिङ बस दुर्घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा, मृतक सबैको सनाखत
-
३.
दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश
-
४.
‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्ति, माफी माग्न आग्रह
-
५.
‘ट्रेड युनियन खारेज गर्ने’ रास्वपाको वाचाप्रति राष्ट्रिय शिक्षक संगठनको आपत्ति
ट्रेन्डिङ
सम्बन्धित समाचार
सिंहदरबार जलाएको आरोपमा पक्राउ परेकालाई सरकारी वकिलले दियो मुद्दाबाट उन्मुक्ति
काठमाडौँ। सिंहदरबार जलाएको आरोपमा पक्राउ परेका एक जना आरोपीलाई सरकारी वकिलले मुद्दाबाट उन्मुक्ति दिएको छ । चितवनको खैरहनी नगरपालिका–९...
‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्ति, माफी माग्न आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले हालै धनगढीमा आयोजित चुनावी...
टिकटकर तुलसा अधिकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिइन्
काठमाडौं । टिकटकर तुलसा अधिकारी ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएकी छिन् । यी दुई घटनाको...
निर्वाचन चिन्हको भौतिक स्वरुप बोकेर प्रचारप्रसार हिँडे कारबाही हुन्छः आयोग
काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । आयोगका...




