Breaking News

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न/नगराउन ध्यानाकर्षण

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसहिंतामा तोकिएको मापदण्डविपरित पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिन्ह एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्नरनगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको छ ।

आयोगले सोमवार पत्रकार सम्मेलनको आयोजना दलहरुलाई यस्तो ध्यानाकर्षण गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले केही राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना झण्डा तथा निर्वाचन चिन्ह बोकाउने, लोगो प्रदर्शन गराउने, सांस्कृतिक कार्यक्रम र जुलुसमा सहभागी गराउने जस्ता गतिविधिमा बालबालिकालाई प्रयोग गरेको सम्बन्धमा उजुरी प्राप्त भएको भन्दै त्यसतर्फ राजनीतिक दलहरुलाई सचेत गराउनु भयो । उहाँले नेपालको संविधानको धारा ३९, बालबालिका सम्बन्धी ऐन, २०७५ तथा निर्वाचन आचारसंहिता, २०८२ को प्रावधान उल्लेख गर्दै बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सर्वाङ्गीण विकासको अधिकार सुनिश्चित गर्नुपर्ने संवैधानिक दायित्व रहेको समेत सरोकारवाला पक्षलाई स्मरण गराउनुभयो । निर्वाचन आचारसंहिता, २०८२ को दफा १३/१/ /ट/ मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै उहाँले उक्त आचारसंहिता उललङ्घन भएको पाइएमा एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने चेतावनी समेत दिनुभयो ।

उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्न समेत सबै राजनीतिक दल एवं उम्मेदवारहरुलाई आह्वान गर्नुभयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...