साम्बाको उपचारका लागि कांग्रेसले ५ लाख दिने
काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्री भण्डारी ‘साम्बा’लाई उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले साम्बाको उपचारका लागि खेलाडीको उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराउनुभएको हो।
उहाँले लेख्नुभएको छ, ‘एन्फा अध्यक्षलाई फोनमार्फत खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको छु। देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी साम्बालाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ। उहाँलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु!’ साम्बाले सोमबार मात्रै आफ्नो उपचारका लागि सामाजिक सञ्जालमार्फत सहयोगको याचना गर्नुभएको थियो।
यसपछि नेपाल फुटबल संघ (एन्फा) र सरकारले कुनै सहयोग नगरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त भइरहेको छ। यसअघि काठमाडौँ मेडिकल कलेज (केएमसी)ले साम्बाका लागि निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई
-
२.
इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए
-
३.
मतदाता फागुन २१ को व्यग्र प्रतिक्षामा छन्, सबैभन्दा बढी मतदान हुन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी
-
४.
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
-
५.
संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल
सम्बन्धित समाचार
उपचारका लागि रकम पुगेपछि साम्बाको अनुरोध, `सहयोग रोकिदिनुहोस्´
काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोग गर्ने समर्थकलाई धन्यवाद दिँदै सहयोग रकम रोकिदिन...
सुनील शर्माको केएमसीले राष्ट्रिय फुटबल टिमकी कप्तान साम्बाको निःशुल्क उपचार गर्ने
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बाको काठमाडौँ मेडिकल कलेजले निस्शुल्क उपचार...
पाकिस्तानद्वारा अफगानिस्तान सीमासँगैका उग्रवादी शिविरहरूमा आक्रमण
पाकिस्तानको सूचना तथा प्रशारण मन्त्रालयले आईतवार बिहान जारी गरेको विज्ञप्तिमा भनेको छ कि पाकिस्तानले अफगानिस्तान सीमासँगैका सातवटा उग्रवादी शिविरहरूमा...
टी २० विश्वकपमा भारतको हार, सुपर एटको खेलमा दक्षिण अफ्रिकाको सानदार जित
काठमाडौँ। दक्षिण अफ्रिकाले टी २० विश्वकप २०२६ मा आइतबार सुपर एटको खेलमा भारतमाथि ७६ रनको सानदार जित हात पारेको...




