अन्तर्राष्ट्रिय

अमेरिकाको कुनैपनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने इरानको चेतावनी

इरानले अमेरिकाको कुनैपनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने चेतावनी दिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाले इरानमाथि जुनसुकै स्तर वा आकारको आक्रमण गरे पनि त्यसलाई आक्रमणको कार्य ठानिनेछ र यसको परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘यदि इरान र अमेरिकाबीच भइरहेको अप्रत्यक्ष आणविक वार्ताले युद्धमा परिणत भएमा इरानी सशस्त्र सेनाले उचित जवाफ दिनेछन्। इरानी सेना सधैं शतर्क छ र देशको रक्षा गर्न २४ घण्टा तयार रहेको छ ।’

बघाईले इरानी सशस्त्र सेनाले कुटनीतिक वार्तासँगै घटनाक्रमको निगरानी गरिरहेको बताउनु भयो । इरान कुटनीतिक मार्गलाई गम्भीरतापूर्वक पछ्याउन प्रतिवद्ध छ र आगामी दिनमा अमेरिकासँग नयाँ चरणको वार्ता गर्ने आशा गरेको छ ।

यो महिनाको शुरुमा ओमानको राजधानी मस्कट र जेनेभामा इरान र अमेरिकाका प्रतिनिधिमण्डलहरूबीच अप्रत्यक्ष आणविक वार्ताका दुई चरण सम्पन्न भएका थिए । नयाँ चरणको वार्ता बिहीवार जेनेभामा हुने अपेक्षा गरिएको छ । इरान र अमेरिकाबीच बढ्दो तनावका बीच यो कूटनीतिक प्रयास भइरहेको छ । जसमा पश्चिम एसियामा अमेरिकी सेनाको निर्माण पनि बढेको छ ।

सम्बन्धित समाचार

अमेरिकाको पूर्वी क्षेत्रमा रेकर्ड तोड्ने हिमआँधी, हजारौं उडान रद्द

अमेरिकाको पूर्वी क्षेत्रमा रेकर्ड तोड्ने हिमआँधी, हजारौं उडान रद्द

अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित...

अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै

अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै

अमेरिकी सेनाले सिरियाको हसकाह प्रान्तमा रहेको कासरक सैन्य आधारबाट फिर्ता हुन थालेको छ । तिनीहरूलाई इराकतर्फ पुनः तैनाथ गरिएको...

क्यारिबियन सागरमा कथित लागुऔषध तस्करीको डुंगा माथि अमेरिकी सेनाको आक्रमणः ३ जनाको मृत्यु

क्यारिबियन सागरमा कथित लागुऔषध तस्करीको डुंगा माथि अमेरिकी सेनाको आक्रमणः ३ जनाको मृत्यु

अमेरिकी सेनाले क्यारिबियन सागरमा कथित लागूऔषध बोकेको डुंगा माथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ । यूएस साउदर्न...

अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि

अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि

अफगानिस्तान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आईतवार एक्स (ट्विटर)मा पोस्ट गर्दै पाकिस्तानी सेनाले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पुनः हवाई हमला गरेको...