क्यारिबियन सागरमा कथित लागुऔषध तस्करीको डुंगा माथि अमेरिकी सेनाको आक्रमणः ३ जनाको मृत्यु
अमेरिकी सेनाले क्यारिबियन सागरमा कथित लागूऔषध बोकेको डुंगा माथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ । यूएस साउदर्न कमान्डले सोमवार यो जानकारी दिएको हो । कमान्डले एक्स ९पूर्व ट्विटर० मा पोस्ट गर्दै भनेको छ, ‘खुफिया जानकारीका आधारमा यो डुंगा क्यारिबियनमा लागुऔषध तस्करीका ज्ञात रुटहरू प्रयोग गर्दै तस्करी कार्यमा संलग्न थियो ।’
यो कारबाहीमा तीन जना पुरुष ‘नार्को–टेररिस्ट’ हरू मारिएका छन् । अमेरिकी सेनाका कुनैपनि जवानलाई क्षति पुगेको छैन । यो घटना ट्रम्प प्रशासनले सेप्टेम्बरबाट शुरु गरेको अभियानको हिस्सा हो । जसमा क्यारिबियन र पूर्वी प्रशान्त महासागरमा कथित लागूऔषध तस्करीका डुंगाहरू माथि ४४ वटा आक्रमण गरिसकिएको छ । यी आक्रमणहरूमा कम्तीमा १५० जनाको मृत्यु भएको दाबी गरिएको छ ।
अमेरिकी सेनाले आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ, जसमा डुंगा विस्फोट भएको देखिन्छ ।
तस्करी भएको प्रमाण वा डुंगामा लागूऔषध भएको ठोस विवरण भने दिइएको छैन । यो अभियानलाई ट्रम्प प्रशासनले लागूऔषध तस्करी रोक्न आवश्यक कदम भने पनि आलोचकहरूले यसको वैधानिकता र प्रभावकारितामाथि प्रश्न उठाएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई
-
२.
इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए
-
३.
मतदाता फागुन २१ को व्यग्र प्रतिक्षामा छन्, सबैभन्दा बढी मतदान हुन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी
-
४.
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
-
५.
संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल
सम्बन्धित समाचार
अमेरिकाको पूर्वी क्षेत्रमा रेकर्ड तोड्ने हिमआँधी, हजारौं उडान रद्द
अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित...
अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै
अमेरिकी सेनाले सिरियाको हसकाह प्रान्तमा रहेको कासरक सैन्य आधारबाट फिर्ता हुन थालेको छ । तिनीहरूलाई इराकतर्फ पुनः तैनाथ गरिएको...
अमेरिकाको कुनैपनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने इरानको चेतावनी
इरानले अमेरिकाको कुनैपनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने चेतावनी दिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमवार तेहरानमा...
अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि
अफगानिस्तान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आईतवार एक्स (ट्विटर)मा पोस्ट गर्दै पाकिस्तानी सेनाले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पुनः हवाई हमला गरेको...




