Breaking News

उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः चन्द्र ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी/व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पुँजी भएको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताउनुभएको छ।

राजधानीमा भएको एक कार्यक्रममा ढकालले उद्योगी, व्यवसायी, गैरआवसिय नेपाली संघ (एनआरएन) सहितको सहभागितमा १० अर्ब एनडीपी कम्पनी संचालनमा ल्याइएको बताउँदै उक्त कम्पनीबाट ७७ जिल्लाका रहेको उद्यमी, नवप्रवर्तकहरुले पुँजी लिनसक्ने बताउनुभएको छ । उहाँका अनुसार नवप्रवर्तनलाई प्रवद्र्धन गर्नकै लागि कम्पनी सञ्चालनमा ल्याइएको बताउँदै यसबाट देशमा उद्योग व्यवसाय फस्टाउन सघाउ पुग्नेछ ।

अध्यक्ष ढकालले भन्नुभयो–‘व्यवसायी, एनआरएनसहितको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी १० अर्ब पुँजीको नेपाल उद्योग महासंघकै पहलमा सञ्चालनमा ल्याइएको छ । त्यो कम्पनीले ७७ ओटै जिल्लाकै शेयर होल्डिङको वनरसिप लिने र ७७ जिल्लामा भएका उद्यमी, नवप्रर्वतन गर्न चाहनेलाई लगानीको जरुरी भए त्यो कम्पनीले अन्टरप्रेनरलाई लगानी गरेर त्यस्ता व्यवसायीक गतिविधिलाई बढाउन मद्दत गर्नेछ । १० अर्बको पेड अप क्यापिटललाई इक्विटी मान्ने हो भने ४०÷५० अर्ब बराबरको ठूला परियोजनामा जान सक्ने अवस्था बनिसकेको छ । त्यो खालको संरचना पनि तयार भइसकेको छ ।’

महासंघ अध्यक्ष ढकालले आफ्नो कार्यकालमा वषैँदेखिको डेडिकेटर लाइनको भुक्तानीका बारेमा चरम समस्या आएको र यसको दीर्घकालिन समस्या समाधानका लागि महासंघले अर्धन्यायिक आयोग गठन गर्न पहल गरेको बताउनु भयो । लाल आयोग गठन भएर त्यसको प्रतिवेदन कार्यान्वयनमा आउन नसकेको भन्र्दै त्यो कार्यान्वयनमा ल्याउन आग्रह समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

काठमाडौँ। निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका...

ऋषिराम कट्टेललाई रिहा गर्न आदेश

ऋषिराम कट्टेललाई रिहा गर्न आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई रिहा गर्न आदेश दिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल...

देश जिम्मा लगाउने कुरा तरकारी फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा

देश जिम्मा लगाउने कुरा तरकारी फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली काँगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय...

दुर्गा प्रसाईलाई छाड्न आदेश

दुर्गा प्रसाईलाई छाड्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त...