अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै
अमेरिकी सेनाले सिरियाको हसकाह प्रान्तमा रहेको कासरक सैन्य आधारबाट फिर्ता हुन थालेको छ । तिनीहरूलाई इराकतर्फ पुनः तैनाथ गरिएको छ । सिरिया टीभीले सोमवार यो खबर रिपोर्ट गरेको छ । तर थप विवरण भने उपलब्ध गराएको छैन।
यो कदम सिरियामा अमेरिकी नेतृत्वको गठबन्धन सेनाहरूको केही भागबाट फिर्ता हुने अर्को चरण हो । यस महिनाको शुरुमा सिरियाको अन्तरिम प्राधिकरणले अमेरिकासँगको समन्वयमा हसकाह प्रान्तको शद्दादी सैन्य आधार र सिरिया–इराक–जोर्डन सीमामा रहेको तानफ आधार नियन्त्रणमा लिएको बताएको थियो ।
अमेरिकी मिडियाले वाशिंगटनले सिरियाबाट आफ्ना लगभग १ हजार सैनिकहरूलाई पूर्ण रूपमा फिर्ता लैजाँदै गरेको रिपोर्ट गरेको छ । बाँकी अमेरिकी सेनाहरू आगामी दुई महिनाभित्र देश छोड्ने अपेक्षा गरिएको छ । जसले दशक लामो अमेरिकी सैन्य उपस्थितिको अन्त्य गर्नेछ ।
अमेरिकी सेनाहरू सन् २०१४ मा इस्लामिक स्टेट (आईएस) लाई परास्त गर्नका लागि सिरियामा पहिलो पटक तैनाथ भएका थिए । यो फिर्ता प्रक्रिया सिरियाको उत्तरपूर्वी क्षेत्रमा कु¥दिश सेनाहरूबाट सिरियाली सेनाले नियन्त्रण लिन थालेपछि भएको हो । जसले क्षेत्रीय शक्ति सन्तुलनमा परिवर्तन ल्याउने देखिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई
-
२.
इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए
-
३.
मतदाता फागुन २१ को व्यग्र प्रतिक्षामा छन्, सबैभन्दा बढी मतदान हुन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी
-
४.
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
-
५.
संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल
सम्बन्धित समाचार
अमेरिकाको पूर्वी क्षेत्रमा रेकर्ड तोड्ने हिमआँधी, हजारौं उडान रद्द
अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित...
क्यारिबियन सागरमा कथित लागुऔषध तस्करीको डुंगा माथि अमेरिकी सेनाको आक्रमणः ३ जनाको मृत्यु
अमेरिकी सेनाले क्यारिबियन सागरमा कथित लागूऔषध बोकेको डुंगा माथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ । यूएस साउदर्न...
अमेरिकाको कुनैपनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने इरानको चेतावनी
इरानले अमेरिकाको कुनैपनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने चेतावनी दिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमवार तेहरानमा...
अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि
अफगानिस्तान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आईतवार एक्स (ट्विटर)मा पोस्ट गर्दै पाकिस्तानी सेनाले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पुनः हवाई हमला गरेको...




