अमेरिकाको पूर्वी क्षेत्रमा रेकर्ड तोड्ने हिमआँधी, हजारौं उडान रद्द
अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन्। यसले यातायात, विद्युत् आपूर्ति र हवाई सेवामा व्यापक अवरोध ल्याएको छ।
रोद आइल्याण्ड र म्यसिचुसेट का केही भागमा ८३ सेमी ९३३ इन्च० सम्म हिउँ जमेको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ। न्यूयोर्क सिटीको सेन्ट्रल पार्कमा मात्रै १९ इन्च हिउँ जमेको बीबीसीले जनाएको छ।
पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा बढी घरधुरी र व्यवसाय विद्युत् आपूर्तिबाट बञ्चित भएका छन्। न्यूयोर्क, न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएका छन्।
म्यासाचुसेट्सकी गभर्नर ःबगचब ज्भबभिथ ले गैर–आवश्यक सवारी रोक्दै राजमार्गमा गति सीमा ४० माइल प्रतिघण्टा तोकेकी छन्। नागरिकलाई घरमै बस्न र ह्वाइटआउट अवस्थाबाट बच्न चेतावनी दिइएको छ।
हिमपातका कारण हवाई उडान सेवामा ठूलो असर परेको छ। ला गार्डिया विमानस्थलबाट ९८५ र जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट ९१५ उडान रद्द भएका थिए। लोगन, नेयोर्क लिबर्टी र फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अधिकांश उडान प्रभावित भएका थिए।
रोड आइल्याण्डमा ३३ इन्च हिउँ जमेर सन् १९७८ को रेकर्ड (२८।६ इन्च) तोडिएको छ। यसलाई त्यहाँको अहिलेसम्मकै ठूलो हिमपात मानिएको छ।
सडकमा रुख ढल्ने, हाँगा भाँचिने र हिउँ पन्छ्याउने सवारी अवरुद्ध हुने जोखिमले नागरिकलाई यात्रा गर्न जोखिमपूर्ण बनाएको छ। प्रोभिडेन्समा ३०० भन्दा बढी गाडी क्रेनको सहयोगमा हटाउनुपर्ने अवस्था आएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई
-
२.
इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए
-
३.
मतदाता फागुन २१ को व्यग्र प्रतिक्षामा छन्, सबैभन्दा बढी मतदान हुन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी
-
४.
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
-
५.
संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल
सम्बन्धित समाचार
अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै
अमेरिकी सेनाले सिरियाको हसकाह प्रान्तमा रहेको कासरक सैन्य आधारबाट फिर्ता हुन थालेको छ । तिनीहरूलाई इराकतर्फ पुनः तैनाथ गरिएको...
क्यारिबियन सागरमा कथित लागुऔषध तस्करीको डुंगा माथि अमेरिकी सेनाको आक्रमणः ३ जनाको मृत्यु
अमेरिकी सेनाले क्यारिबियन सागरमा कथित लागूऔषध बोकेको डुंगा माथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ । यूएस साउदर्न...
अमेरिकाको कुनैपनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने इरानको चेतावनी
इरानले अमेरिकाको कुनैपनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने चेतावनी दिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमवार तेहरानमा...
अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि
अफगानिस्तान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आईतवार एक्स (ट्विटर)मा पोस्ट गर्दै पाकिस्तानी सेनाले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पुनः हवाई हमला गरेको...




