Breaking News

सात महिनामा ४ लाख ७१ हजार टन मल भित्रियो

काठमाडौँ। सरकारले चालु आर्थिक वर्षमा ६ लाख मेट्रिक टन अनुदानित रासायनिक मल भित्र्याउने लक्ष्य लिएकोमा हालसम्म करिब पाँच लाख मेट्रिक टन मल टेण्डर भएको छ।

हरेक वर्ष भोग्दै आएको मलको अभाव न्यूनीकरण गर्न अन्य देशबाट खरिद गरी ल्याउने अनुदानित मलको परिमाण बढाउँदै सरकारले २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट छुट्याएको थियो।

त्यसमध्ये गत साउन १ देखि फागुन ८ गतेसम्म ४ लाख ९१ हजार ४०० मेट्रिक टन मलको टेण्डर भइसकको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

सरकारले विनियोजन गरेको बजेटबाट कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल खरिद गरी भित्र्याउने गर्छन्। मुलुकभित्रै मल कारखाना स्थापनाको विषयले चर्चा पाएको चार दशक वितिसक्यो तर अहिले पनि विदेशबाट मल किनेर ल्याउनुपर्ने बाध्यता टरेको छैन।

पछिल्ला आर्थिक वर्षका नीति तथा कार्यक्रम र बजेटमा रासायनिक मल कारखाना खोल्ने विषयले ठाउँ पाउँदै आएको पनि छ तर यसको सम्भाव्यता अध्ययनको चरणभन्दा अगाडी बढेको छैन। मुलुकमै उद्योग नखुलेसम्म मल किनेरै ल्याउनुपर्ने बाध्यता हट्नेछैन।

त्यसो त रासायनिक मलमा परनिर्भरता हटाउन जैविक मलको प्रयोग, जैविक खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिन थालिएको छ। तर हाललाई वर्षे र हिउँदे बाली दुवैका लागि चाहिने मल आयात गर्नुपरेको छ।

सरकारले अनुदानित मलको परिमाण बढाए पनि केही जिल्लामा किसानले अझै पनि मल सहजै नपाएको गुनासो गर्ने गरेका छन्।

आयातित अनुदानित रासायनिक मलको विक्री वितरणमा अनियमितता भएको, वास्तविक साना किसानसम्म सहजै मल पुग्न नसकेको लगायतका गुनासा सम्बोधन गर्न अनलाइन प्रणाली समेत लागु गरिएको छ।

रासायनिक मलको खरिद, आयात, ढुवानीदेखि किसानलाई बिक्री–वितरण हुँदासम्मको अवस्था व्यवस्थित र पारदर्शी बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको मल वितरण सूचना प्रणाली (रियल–टाइम फर्टिलाइजर म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम–एफएमएस) विकास गरी कार्यान्वयनमा ल्याएको हो।

योसँगै मलको नियमित आयात समेत भइरहेको कृषि मन्त्रालयले जनाएको छ। अहिले ३३ हजार ३९५ मेट्रिक टन रासायनिक मल भित्रिने क्रममा छन्। यो सबै मल कृषि सामग्रीले ल्याइरहेको छ।

यस्तैगरी देशभरका गोदाममा १ लाख २७ हजार ४९२ मेट्रिक टन मल मौज्दात रहेको छ। कृषि सामग्रीका गोदाममा युरिया ६१ हजार ९११ टन, डएिपी २५ हजार २५० र पोटास ९ हजार ४८८ टन बाँकी छ।

साल्टसँग पनि युरिया १४ हजार १८४, डीएपी १२ हजार ६०९ र डीएपी ४ हजार गरी ३० हजार ८४२ टन मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ।

गतवर्षको मार्गस्थ परिमाण समेत गरी यसबर्ष ४ लाख ७१ हजार ५११ मेट्रिक टन भित्रिसकेको छ। आपूर्ति गरिएको मलमध्ये कृषि सामग्रीले ३ लाख ४७ हजार ६६१ टन र साल्टले १ लाख २३ हजार ८५० टन भित्र्याएको छ।

चालु वर्षमा २ लाख ७६ हजार ७७३ टन युरिया, १ लाख ७५ हजार १५० डीएपी र १७ हजार ५८७ टन पोटास आपूर्ति भइसकेको छ।

दुवै कम्पनीबाट यसबर्ष ३ लाख ९० हजार मेट्रिक टन मल बिक्री भइसकेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

काठमाडौँ। निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका...

ऋषिराम कट्टेललाई रिहा गर्न आदेश

ऋषिराम कट्टेललाई रिहा गर्न आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई रिहा गर्न आदेश दिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल...

देश जिम्मा लगाउने कुरा तरकारी फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा

देश जिम्मा लगाउने कुरा तरकारी फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली काँगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय...

दुर्गा प्रसाईलाई छाड्न आदेश

दुर्गा प्रसाईलाई छाड्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त...