अर्थ

उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको ‘एनडीपी’ सञ्चालनमा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी/व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पुँजी भएको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताउनुभएको छ।

राजधानीमा भएको एक कार्यक्रममा ढकालले उद्योगी, व्यवसायी, गैरआवसीय नेपाली संघ (एनआरएनं) सहितको सहभागितमा १० अर्ब एनडीपी कम्पनी सञ्चालनमा ल्याइएको बताउँदै उक्त कम्पनीबाट ७७ जिल्लाका रहेको उद्यमी, नवप्रवर्तकहरूले पुँजी लिनसक्ने बताउनुभयो।

उहाँका अनुसार नवप्रवर्तनलाई प्रवर्द्धन गर्नकै लागि कम्पनी सञ्चालनमा ल्याइएको हो, यसबाट देशमा उद्योग व्यवसाय फस्टाउन सघाउ पुग्नेछ।

अध्यक्ष ढकालले भन्नुभयो, `व्यवसायी, एनआरएनसहितको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी १० अर्ब पुँजीको नेपाल उद्योग महासंघकै पहलमा सञ्चालनमा ल्याइएको छ। त्यो कम्पनीले ७७ ओटै जिल्लाकै शेयर होल्डिङको वनरसिप लिने र ७७ जिल्लामा भएका उद्यमी, नवप्रर्वतन गर्न चाहनेलाई लगानीको जरुरी भए त्यो कम्पनीले अन्टरप्रेनरलाई लगानी गरेर त्यस्ता व्यवसायीक गतिविधिलाई बढाउन मद्दत गर्नेछ। १० अर्बको पेड अप क्यापिटललाई इक्विटी मान्ने हो भने ४०/५० अर्ब बराबरको ठूला परियोजनामा जान सक्ने अवस्था बनिसकेको छ। त्यो खालको संरचना पनि तयार भइसकेको छ।’

महासंघ अध्यक्ष ढकालले आफ्नो कार्यकालमा वषैँदेखिको डेडिकेटर लाइनको भुक्तानीका बारेमा चरम समस्या आएको र यसको दीर्घकालीन समस्या समाधानका लागि महासंघले अर्धन्यायिक आयोग गठन गर्न पहल गरेको बताउनुभयो।

लाल आयोग गठन भएर त्यसको प्रतिवेदन कार्यान्वयनमा आउन नसकेको भन्दै त्यो कार्यान्वयनमा ल्याउन आग्रह समेत गर्नुभयो।

 

सम्बन्धित समाचार

बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’

बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’

चितवन । जिल्लामा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी बढेपछि यो रोगको सङ्क्रमण देखिन थालेको हो ।...

सात महिनामा ४ लाख ७१ हजार टन मल भित्रियो

सात महिनामा ४ लाख ७१ हजार टन मल भित्रियो

काठमाडौँ। सरकारले चालु आर्थिक वर्षमा ६ लाख मेट्रिक टन अनुदानित रासायनिक मल भित्र्याउने लक्ष्य लिएकोमा हालसम्म करिब पाँच लाख...

उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः चन्द्र ढकाल

उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः चन्द्र ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी/व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पुँजी भएको नेपाल...

आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध, सुटुक्क शेयर मिसाएर अर्बौंको चलखेल गर्ने खेल रोक्छौंः सीडीएससी

आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध, सुटुक्क शेयर मिसाएर अर्बौंको चलखेल गर्ने खेल रोक्छौंः सीडीएससी

काठमाडौँ। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका (आईजिन निर्देशिका) लागू गर्न खोज्दा ठूलो दबाब र...