खेलकुद

उपचारका लागि रकम पुगेपछि साम्बाको अनुरोध, `सहयोग रोकिदिनुहोस्´

काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोग गर्ने समर्थकलाई धन्यवाद दिँदै सहयोग रकम रोकिदिन आग्रह गर्नुभएको छ।

साम्बाले आफ्नो उपचारको लागि आर्थिक सहयोग माग्दै सामाजिक सञ्जालमा सोमबार एक पोष्ट गर्नुभएको छ। साम्बाको आग्रहलाई स्वीकार गर्दै समर्थकले उहाँको नेपाल र बाहिरको खातामा आर्थिक रकम जुटाउन लागि पर्नुभएको छ।

अहिलेसम्म नेपालको बैक खातामा एक करोडभन्दा बढी रकम र विदेशी प्लेटफर्ममा ४५ लाख रुपैयाँ जम्मा भएपछि साम्बाले दुबै अकाउन्टमा सहयोग रकम रोकिदिन अनुरोध गर्नुुभयो।

उहाँले आफ्नो उपचारमा आफूलाई प्रायोजन गर्ने संस्था तथा नेपालका धेरै संघ संस्था र नगद र सुविधा सहयोगको वाचा गरेको भन्दै यसले कतार उपचारमा लाग्ने खर्च, आवास र यातायात पुग्ने भन्दै सहयोग गरिदिने सबैलाई धन्यवाद दिनुभयो।

उहाँले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै पोष्ट गर्नुभयो।

 

सम्बन्धित समाचार

साम्बाको उपचारका लागि कांग्रेसले ५ लाख दिने

साम्बाको उपचारका लागि कांग्रेसले ५ लाख दिने

काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्री भण्डारी ‘साम्बा’लाई उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा...

सुनील शर्माको केएमसीले राष्ट्रिय फुटबल टिमकी कप्तान साम्बाको निःशुल्क उपचार गर्ने

सुनील शर्माको केएमसीले राष्ट्रिय फुटबल टिमकी कप्तान साम्बाको निःशुल्क उपचार गर्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बाको काठमाडौँ मेडिकल कलेजले निस्शुल्क उपचार...

पाकिस्तानद्वारा अफगानिस्तान सीमासँगैका उग्रवादी शिविरहरूमा आक्रमण

पाकिस्तानद्वारा अफगानिस्तान सीमासँगैका उग्रवादी शिविरहरूमा आक्रमण

पाकिस्तानको सूचना तथा प्रशारण मन्त्रालयले आईतवार बिहान जारी गरेको विज्ञप्तिमा भनेको छ कि पाकिस्तानले अफगानिस्तान सीमासँगैका सातवटा उग्रवादी शिविरहरूमा...

टी २० विश्वकपमा भारतको हार, सुपर एटको खेलमा दक्षिण अफ्रिकाको सानदार जित

टी २० विश्वकपमा भारतको हार, सुपर एटको खेलमा दक्षिण अफ्रिकाको सानदार जित

काठमाडौँ। दक्षिण अफ्रिकाले टी २० विश्वकप २०२६ मा आइतबार सुपर एटको खेलमा भारतमाथि ७६ रनको सानदार जित हात पारेको...