देश जिम्मा लगाउने कुरा तरकारी फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा
काठमाडौँ। नेपाली काँगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गर्नुभएको छ।
मंगलवार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले चुनावी प्रतिस्पर्धालाई मर्यादित बनाउन समेत सबै दलहरूलाई आग्रह गर्नुभयो। चुनावमा जाँदा विपक्षी दलमाथि गाली–गलौज नगरी शान्त र सभ्य ढंगले अघि बढ्नुपर्ने उहाँको धारणा छ।
उहाँले कतिपय राजनीतिक दलहरुले चुनावलाई युद्धसँग तुलना गर्ने गरेको उल्लेख गर्दै त्यस्तो मानसिकताले मुलुकको भलो हुन नसक्ने टिप्पणी गर्नुभयो।
शर्माले भन्नुभयो, ‘चुनावमा जाँदै गर्दा विपक्षीलाई गाली नगरीकन जानुपर्छ। चुनाव भनेको युद्धमैदान होइन। विगतमा फलाना फलानालाई हेरियो यो पालि अर्कोलाई भन्ने कुरा छ। के चुनाव हेर्ने कुरा हो ? चार दिनदेखि लौकाको तरकारी खाइयो कति खानु भनेर घिरौलाको तरकारी खानु हो? देश जिम्मा लगाउने कुरा भनेको स्वाद फेरेजस्तो कुरा होइन। विगतमा कसले के भूमिका कसरी निर्वाह गरेको छ ? मुलुकलाई विगतको कुन कालखण्डमा कसले सम्हाल्ने काम गरेको छ ? यो कुरा मतदाताले हेर्नुपर्छ।’
शर्माले इतिहासका विभिन्न कालखण्डमा मुलुकलाई कसले सम्हाल्यो भन्ने कुराको हेक्का राखेर मात्र मतदानको निर्णय गर्न आग्रह गर्नुुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई
-
२.
इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए
-
३.
मतदाता फागुन २१ को व्यग्र प्रतिक्षामा छन्, सबैभन्दा बढी मतदान हुन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी
-
४.
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
-
५.
संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल
सम्बन्धित समाचार
निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग
काठमाडौँ। निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका...
ऋषिराम कट्टेललाई रिहा गर्न आदेश
काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई रिहा गर्न आदेश दिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल...
दुर्गा प्रसाईलाई छाड्न आदेश
काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त...
सात महिनामा ४ लाख ७१ हजार टन मल भित्रियो
काठमाडौँ। सरकारले चालु आर्थिक वर्षमा ६ लाख मेट्रिक टन अनुदानित रासायनिक मल भित्र्याउने लक्ष्य लिएकोमा हालसम्म करिब पाँच लाख...




