Breaking News

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

काठमाडौँ। निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले अवरोध सिर्जना गर्न नहुने प्रष्ट पारेको छ।

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक दल वा उम्मेदवारबाट अर्को दल वा उम्मेदवारले अवरोध गरेका गुनासो र उजुरी प्राप्त भएकाले त्यसो नगर्न आयोगले आह्वान गरेको हो।

चुनावी प्रचारप्रसारलाई निर्वाचन आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको आयोगले आज प्रकाशित गरेका विज्ञप्तिमा उल्लेख छ।

विभिन्न सञ्चार माध्यमहरूबाट समेत यस्ता विषयमा जानकारी प्राप्त भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ङ) मा पनि यस विषयमा उल्लेख गरिएको उहाँले बताउनुभयो।

सम्बन्धित समाचार

ऋषिराम कट्टेललाई रिहा गर्न आदेश

ऋषिराम कट्टेललाई रिहा गर्न आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई रिहा गर्न आदेश दिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल...

देश जिम्मा लगाउने कुरा तरकारी फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा

देश जिम्मा लगाउने कुरा तरकारी फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली काँगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय...

दुर्गा प्रसाईलाई छाड्न आदेश

दुर्गा प्रसाईलाई छाड्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त...

सात महिनामा ४ लाख ७१ हजार टन मल भित्रियो

सात महिनामा ४ लाख ७१ हजार टन मल भित्रियो

काठमाडौँ। सरकारले चालु आर्थिक वर्षमा ६ लाख मेट्रिक टन अनुदानित रासायनिक मल भित्र्याउने लक्ष्य लिएकोमा हालसम्म करिब पाँच लाख...