Breaking News

इंग्ल्यान्ड टी २० विश्वकपको सेमिफाइनलमा, पाकिस्तानको यात्रा अनिश्चित

काठमाडौँ। इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले हराउँदै सेमिफाइनल टी२० विश्वकप २०२६ को सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ। इंग्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रुकले शतक प्रहार गरे। पहिले ब्याटिङ गरेको पाकिस्तान १६४/९ बनाउँदा इंग्ल्यान्डले १६६/८ अवस्थामा लक्ष्य पार गर्‍यो।

इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले यस खेलमा आफूलाई ब्याटिङ अर्डरमा माथि  बढुवा गरे। उनी ब्याटिङ गर्न आउँदा टोलीको अवस्था नाजुक थियो। शाहीन शाह अफ्रिदीले पहिलो बलमै विकेट लिएका थिए।

ब्रुकले मात्र ५० बलमा आफ्नो पहिलो टी२० अन्तर्राष्ट्रिय शतक पूरा गरे। उनले अफ्रिदीलाई छक्का र चौका प्रहार गर्दै शतक पुरा गरेका थिए। शतक बनाए लगत्तै उनी आउट भए पनि उनले इंग्ल्यान्डलाई जितको नजिक पुर्‍याइसकेका थिए।

ब्रुक आउट भएपछि इंग्ल्यान्डलाई जित्न १० रन मात्र बाँकी थियो। तर, अन्तिम तिर इंग्ल्यान्डले लगातार विकेट गुमाउँदा खेल केही तनावपूर्ण बन्यो। अन्ततः जोफ्रा आर्चरले चौका प्रहार गर्दै इंग्ल्यान्डलाई जित दिलाए। यो जितसँगै इंग्ल्यान्ड लगातार पाँचौँ पटक टी २० विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ।

पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि साहिबजादा फरहानले उत्कृष्ट ६३ रन बनाए। उनी यस विश्वकपमा पाकिस्तानका लागि अर्धशतक बनाउने एक्लो खेलाडी हुन्।पाकिस्तानको मध्यक्रमका ब्याटरहरू इंग्ल्यान्डका स्पिनर लियाम डसनको अगाडि टिक्न सकेनन्। डसनले ३ विकेट लिए। पाकिस्तानले मध्यम स्कोर मात्र बनाउन सक्यो, जुन अन्ततः हारको कारण बन्यो।

इंग्ल्यान्ड सेमिफाइनल पुग्दा अब न्युजिल्यान्डलाई हराएमा आफ्नो समूहमा शीर्ष स्थानमा रहनेछ। पाकिस्तानको अवस्था भने कठिन छ। अब उसले श्रीलंकालाई हराउनुपर्नेछ र अरू खेलको नतिजामा पनि भर पर्नुपर्नेछ।

सम्बन्धित समाचार

काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले

काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले

काठमाडौं। देशको संघीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये आजसम्म २१९ ले बैंक खाता खोलेका छन्। यही फागुन २१...

अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी

अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नेलाई कारबाही...

निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन...

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...