दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलले आफूमाथि लगाइएको जीवन कारावासको सजायविरुद्ध अपील दर्ता गर्नुभएको छ । यो अपील विद्रोहको मुद्दासँग सम्बन्धित छ । जुन उहाँले २०२४ डिसेम्बर ३ मा घोषणा गरेको आपतकालीन मार्शल लसँग जोडिएको छ ।
योन्हाप समाचार एजेन्सीकाअनुसार युनको कानूनी टोलीले मंगलवार (फेब्रुअरी २४, २०२६) सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टमा अपीलको सूचना दर्ता गरेको हो । उक्त अदालतले गत हप्ता (फेब्रुअरी १९, २०२६) युनलाई विद्रोहको मुख्य नाइके भएको आरोपमा दोषी ठहर गर्दै जीवन कारावासको सजाय सुनाएको थियो ।
कानूनअनुसार विद्रोहको मुख्य नाइकेलाई दोषी ठहर भएमा मृत्युदण्ड वा जीवन कारावास मात्र सजाय हुनसक्छ । युनमाथि असंवैधानिक रूपमा आपतकालीन मार्शल ल घोषणा गरेको, राष्ट्रिय सभाको मार्शल ल हटाउने प्रश्ताव रोक्न सेना र प्रहरी परिचालन गरेको, तथा प्रमुख राजनीतिक व्यक्तित्वहरू (जस्तै मुख्य दलका नेता र संसद् सभामुख) लाई हिरासतमा राख्ने प्रयास गरेको आरोप थियो ।
मार्शल ल घोषणा भएको रातमा नै राष्ट्रिय सभाले केही घण्टामै त्यसलाई खारेज गरेको थियो। यसपछि संवैधानिक अदालतले अप्रिल २०२५ मा युनको महाअभियोगलाई सदर गर्दै उहाँलाई पदबाट हटाएको थियो। युनको बचाउ टोलीले यो फैसलामा तथ्यगत त्रुटि र कानूनी व्याख्यामा गल्ती भएको दाबी गर्दै अपील दर्ता गरेको छ । यो मुद्दा अब उच्च अदालतमा सुनुवाइ हुनेछ ।
ताजा अपडेट
-
१.
धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले
-
४.
अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
-
५.
निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
-
५.
उपभोक्ता विभागको सक्रियता, जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना
सम्बन्धित समाचार
ट्रम्पले भनेः इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त प्रमुख कर्मचारीका अध्यक्ष जनरल डान काइनले इरानमाथि सम्भावित सैन्य हमलाको नेतृत्व गर्ने बताउनुभएको छ...
अमेरिकाको पूर्वी क्षेत्रमा रेकर्ड तोड्ने हिमआँधी, हजारौं उडान रद्द
अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित...
अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै
अमेरिकी सेनाले सिरियाको हसकाह प्रान्तमा रहेको कासरक सैन्य आधारबाट फिर्ता हुन थालेको छ । तिनीहरूलाई इराकतर्फ पुनः तैनाथ गरिएको...
क्यारिबियन सागरमा कथित लागुऔषध तस्करीको डुंगा माथि अमेरिकी सेनाको आक्रमणः ३ जनाको मृत्यु
अमेरिकी सेनाले क्यारिबियन सागरमा कथित लागूऔषध बोकेको डुंगा माथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ । यूएस साउदर्न...




