Breaking News

कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ

काठमाडौँ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताउनुभएको छ । कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा प्रष्टयाउनुभएको हो। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कानून कार्यान्वयनका लागि योग्य हुने अवस्था नरहेकोतर्फ पनि सचेत गराउनुभयो।

उहाँले अन्धविश्वासको भरमा कानून निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको तथ्य औँल्याउनुभयो। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सम्बन्धित पक्षसँग अन्तरंग कुराकानी गरेर मात्रै कानून निर्माण गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कानून निर्माणको विषयलाई अडकलको विषय बनाईनु हुन्न । किनभने कानून निर्माणमा सहभागिता राख्ने अवसर नै थिएन । कुष्टरोगलाई महारोग भनिन्थ्यो । त्यसलाई छुनै नहुने रोगको रुपमा हेरियो । कुष्ठरोगको विषयमा किञ्चित विचार नै नगरीकन यसका विभिन्न चरणहरु छन् । यो निको हुनसक्छ । यसको इजलाज हुन सक्छ । यसका कार्यक्रमहरु हुन सक्छन । यसको सामान्यीकरण गर्न सकिन्छ । जीवनमा यसलाई पुनर्वास गर्न सकिन्छ । यी सबै सम्भावनाहरुलाई बन्द गरेर अन्ध विश्वासको भरमा जव हामी कानून निर्माण गर्दछौँ । तब कानून यस्तै हुने गर्दछ । हामीले समाजमा यस्ता समस्याबारे राम्रोसँग सम्वाद नै गर्नं नसकेको, यसका अन्तरंग प्रश्नहरु गर्नै नसकेको र कुष्टरोग प्रभावितहरु पनि उत्तिकै सम्मानित हुन् । उनीहरुले पनि उत्तिकै सम्मानका साथ जीवन जीउन सक्दछन । समाज र राष्ट्रका लागि उनीहरुले योगदान दिन सक्दछन भन्ने कुरालाई राम्रोसँग मान्यता नदिई कानून निर्माण गरिएको हुनाले यसको कार्यान्वयन नसकेको हो ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुष्ठ निवारण हुने र उनीहरुले पनि समाज र राष्ट्रका योगदान गर्न सक्छन भन्ने कुरालाई भुल्न नहुने पनि बताउनुभयो। –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले

काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले

काठमाडौं। देशको संघीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये आजसम्म २१९ ले बैंक खाता खोलेका छन्। यही फागुन २१...

अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी

अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नेलाई कारबाही...

निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन...

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...