४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि ८८ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप ७७ खर्ब भन्दा बढी पुगेको छ।
केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।
निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ जेठ १० गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।
खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रयमाससम्ममा निक्षेप सलन बोलकबोलमार्फत १,४२५ अर्ब ५० करोड, स्थायी निक्षेप सुविधामार्फत२७,०८६ अर्ब ९० करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत रु।२०० अर्ब गरी कुल २८,७१२ अर्ब ४० करोड ९कारोबारमा आधारित० तरलता प्रशोचन र ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड तरलता प्रवाह गरी खुद २८,६९९ अर्ब ९० करोड बराबरको तरलता प्रशोचन भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत पटक–पटक गरी खुद १३,९९९ अर्ब ८० करोड तरलता प्रशोचन गरिएको थियो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले
-
४.
अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
-
५.
निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
-
५.
उपभोक्ता विभागको सक्रियता, जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना
सम्बन्धित समाचार
बढ्यो नेप्से
काठमाडौं। बुधबार सेयरबजार १०.३० अंकले बढेर २६४८.९० अंकमा बन्द भएको छ। साताको पहिलो दिन आइतबार नेप्से घटे पनि त्यसयताका...
सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका...
नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न
धादिङ। धादिङ जिल्लामा निर्माण भइरहेको नौविसे नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न...
उपभोक्ता विभागको सक्रियता, जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना
काठमाडौँ । निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै...




