अर्थ

बढ्यो नेप्से

काठमाडौं। बुधबार सेयरबजार १०.३० अंकले बढेर २६४८.९० अंकमा बन्द भएको छ। साताको पहिलो दिन आइतबार नेप्से घटे पनि त्यसयताका तीन कारोबार दिनमा बजार बढ्न पुगेको हो।

मंगलबार दोहोरो अंकले बढेको बजारमा लगानीकर्ताले ४ अर्ब ४५ करोडको कारोबार गरेका हुन्। यो दिन कारोबारमा आएका ३३३ वटा कम्पनीको सेयरमध्ये १५७ वटाको मूल्य बढ्दा ९० वटाको घटेको छ भने १३ वटाको मूल्यमा कुनै परिवर्तन देखिएन।

आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्यमा सकारात्मक सर्किट लाग्दा वीन लघुवित्त र सुपरमाई हाइड्रोको मूल्यमा ९ प्रतिशतले बृद्धि देखिएको हो।

यता घट्नेमा भने हिमालयन पावर पार्टनर अगाडि देखिएको छ। यो कम्पनीको मूल्य ५.९८ प्रतिशतले घटेको हो। यस्तै आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको कारोबार भएको छ। यो कम्पनीको लगानीकर्ताले २८ करोड बराबरको कारोबार गरेका हुन्।

सम्बन्धित समाचार

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि ८८ दिनका लागि राष्ट्र बैंकले...

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका...

नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न

नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न

धादिङ। धादिङ जिल्लामा निर्माण भइरहेको नौविसे नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न...

उपभोक्ता विभागको सक्रियता, जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना

उपभोक्ता विभागको सक्रियता, जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना

काठमाडौँ । निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै...