Breaking News

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता अपनाएको छ।

निर्वाचनअघि विभिन्न राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा हुने सम्भावित झडप र सडक अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक पूर्वतयारी गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चुनावी आमसभा, भेला, घरदैलो कार्यक्रमका क्रममा पार्टीका कार्यकर्ताबीच झडप हुनसक्ने र निर्वाचन विथोल्न लागेको केही समूहबाट सडक अवरुद्ध गर्नसक्ने आँकलन गरिएको बताउनुभयो।

उहाँले निर्वाचन बिथोल्ने नाममा रुख ढालेर सडक बन्द गर्ने वा अन्य अवरोध सिर्जना गर्ने गतिविधि हुनसक्ने भएकाले स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर तयारी गरिएको जानकारी दिनुभयो।

यसका लागि मन्त्रालयले गृह मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो। उहाँले निर्वाचन आयोगलाई पनि स्वास्थ्यकर्मी परिचालन गर्दा सेवा प्रवाहमा असर नपर्ने गरी व्यवस्था मिलाउन आग्रह गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।

सम्बन्धित समाचार

काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले

काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले

काठमाडौं। देशको संघीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये आजसम्म २१९ ले बैंक खाता खोलेका छन्। यही फागुन २१...

अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी

अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नेलाई कारबाही...

निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन...

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ ।...