अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभयो।
बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार गरेको प्रमाणित भएमा राजनीति छोड्ने जिकिर गरे। सुशासनका सवालमा आफू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
‘कसैले राजेन्द्र लिङ्देनले एक रुपैयाँ भ्रष्टाचार गरेको छ, मैले कुनै काम गराउँदाखेरि एक रुपैयाँ घुस लिएको छु अथवा मसँग घुस लिएको छ भन्ने प्रमाणित गर्छ भने म सारा राजनीतिक जीवन छोडेर त्यसको नोकर बस्न तयार छु भनेर ललकारेको मान्छे हुँ,’ लिङ्देनले भन्नुभयो ‘हामी सुशासनको सवालमा पूर्णरुपमा प्रतिबद्ध र इमानदार छौँ मात्र होइन, हामीले मौका पायौँ भने भ्रष्टाचारीको टाउकोमाथि जाँतो पनि चलाउँछौँ।’
त्यसका लागि उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार सम्बन्धी छानबिनलाई उदाहरणका रुपमा प्रस्तुत गर्नुभ यो। आफूले पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गरेर फाइल अगाडि बढाएको उहाँले बताउनुभयो।
‘लेखा समितिले पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारबारे छानबिन गर्ने दुर्इ वटा उपसमिति एकैसाथ बनायो, एकैदिन बनायो। पोखरामा हामीले छानबिन गर्यौँ, परिणाम दियौँ। आज कोही खोरमा छन्, कोही खोरमा जाने लाइनमा छन्,’ लिङ्देनले भन्नुभयो,‘तर भैरहवाको त फाइल पनि खुलेन। अत्तोपत्तो पनि छैन।’
अहिलेसम्म आफूले निषेधको राजनीति नगरेको उहाँले सुनाउनुभयो। त्यसैले अहिले पनि राप्रपा चुनावमा गएको उहाँको भनाइ थियो। ‘आज देश जबर्जस्त चुनावको बाटोमा गएको छ। हामीले एउटा प्रजातान्त्रिक दल हुनको नाताले यो चुनावमा भाग्नुभन्दा सहभागी हुन उचित हुन्छ भन्ने निष्कर्षमा पुगेर अहिले यो चुनावलाई उपयोग गर्ने र एउटा आन्दोलनकै अंशको रुपमा लिएर आज तपाईँहरूको बिचमा आएका छौँ,’ उहाँले भन्नुभयो।
ताजा अपडेट
-
१.
धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले
-
४.
अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
-
५.
निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
-
५.
उपभोक्ता विभागको सक्रियता, जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना
सम्बन्धित समाचार
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले
काठमाडौं। देशको संघीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये आजसम्म २१९ ले बैंक खाता खोलेका छन्। यही फागुन २१...
निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन...
निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...
लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’
लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ ।...




