Breaking News

ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो कंग्रेसको सम्बोधनका क्रममा अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको बताउनुभएको छ । यो भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई जनवरीमा अमेरिकी सेनाले जबरजस्ती नियन्त्रणमा लिएपछि भएको हो ।

ट्रम्पले सम्बोधनमा अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले बढेको बताउनु भयो । भेनेजुएलालाई नयाँ मित्र तथा साझेदारका रुपमा चित्रण गर्दै उहाँले भेनेजुएलाबाट अमेरिकाले ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेका बताउनु भयो । जनवरी ३, २०२६ मा अमेरिकी विशेष सेनाले ाराकासमा आक्रमण गरी मदुरोलाई पक्राउ गरेको थियो । मदुरोलाई ड्रग ट्राफिकिङ तथा अन्य अपराधका आरोपमा न्यूयोर्कको अदालतमा लगिएको छ । यसपछि अमेरिकाले भेनेजुएलाको तेल निर्यात नियन्त्रणमा लिएको र प्रतिवन्धहरू केही खुकुलो बनाएको छ । जसले तेल उत्पादन बढाउने लक्ष्य राखेको छ ।
यद्यपि केही रिपोर्टहरूका अनुसार ट्रम्पको दाबीमा भिन्नता छ ।

जहाज ट्रयाकिङ डाटाले जनवरीपछि भेनेजुएलाबाट कुल निर्यात करिव ३० मिलियन ब्यारेल मात्र देखाएको छ । तर ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरूले भेनेजुएलाको तेल उद्योगलाई पुनरुत्थान गर्न सहयोग गरिरहेको दाबी गरेको छ ।
यो घटनाले अन्तर्राष्ट्रिय ऊर्जा बजार तथा अमेरिका–भेनेजुएला सम्बन्धमा ठूलो प्रभाव पारेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा निर्वाचनः फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने

प्रतिनिधिसभा निर्वाचनः फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने

काठमाडौँ। निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने...

देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते, १८ लाखभन्दा बढीको आर्थिक क्षति

देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते, १८ लाखभन्दा बढीको आर्थिक क्षति

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा कुल २८ वटा विपद्का घटनाहरू...

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं। आईसीसी टी २० विश्वकपको सुपर ८ अन्तर्गत बिहीबार आयोजक भारत र जिम्बावे भिड्दैछन्। यो खेल बुधबार साँझ ७...

टी २० विश्वकप क्रिकेट २०२६ : न्युजिल्यान्डसँग हार्‍यो श्रीलंका

टी २० विश्वकप क्रिकेट २०२६ : न्युजिल्यान्डसँग हार्‍यो श्रीलंका

काठमाडौँ। आईसीसी टी २० विश्वकप क्रिकेट २०२६ मा आयोजक श्रीलंका विश्वकप यात्राबाट बाहिरिएको छ। बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग...