अन्तर्राष्ट्रिय

पूर्वराष्ट्रपति योललाई विद्रोह को मुद्दामा आजीवन कारावास सुनाइएकोमा अपील दायर

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई विद्रोह (इन्सररेक्सन) को मुद्दामा आजीवन कारावासको सजाय सुनाइएकोमा विशेष अभियोजक (स्पेसल काउन्सेल) ले बुधवार उच्च अदालतमा अपील दायर गर्नुभएको छ । यो अपील युनलाई दिइएको सजाय तथा अदालतको तथ्यगत निष्कर्ष र कानुनी व्याख्यामा चासो व्यक्त गर्दै गरिएको हो । विशेष अभियोजकले यो अपीलले दोषी ठहरिएका सबै व्यक्तिहरूको दोष र सजाय दुवैलाई समेटेको बताएका छन् ।

अभियोजन पक्षकाअनुसार युन तथा अन्य अभियुक्तहरूले सन् २०२४ डिसेम्बरमा छोटो समयका लागि घोषणा गरिएको मार्सल ल (सैन्य शासन) मार्फत संवैधानिक व्यवस्थालाई कमजोर पार्ने प्रयास गरेका थिए। युनलाई अभियोजन पक्षले यो घटनाको मुख्य योजनाकारको रूपमा चिनाएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनलाई यसअघि आजीवन कारावासको सजाय सुनाएको थियो । विशेष अभियोजकले आरोपको गम्भीरता र देशको लोकतान्त्रिक प्रणालीमा परेको प्रभावलाई ध्यानमा राख्दै उच्च अदालतबाट थप न्यायिक समीक्षा आवश्यक रहेको तर्क गरेका छन् ।

युनमाथि युद्ध, आक्रमण वा त्यस्तै राष्ट्रिय संकट नभई असंवैधानिक रूपमा आपतकालीन मार्सल ल घोषणा गरेको, राष्ट्रिय सभाको मार्सल ल हटाउने प्रस्तावलाई रोक्न मार्सल ल फौज र प्रहरी परिचालन गरेको तथा मुख्य राजनीतिक दलका नेता तथा संसद् सभामुख जस्ता व्यक्तिहरूलाई हिरासतमा राख्ने प्रयास गरेको आरोप लागेको छ ।

युनले २०२४ डिसेम्बर ३ तारिख राति मार्सल ल घोषणा गरेका थिए । तर केही घण्टामै राष्ट्रिय सभाले त्यसलाई खारेज गरिदिएको थियो । संवैधानिक अदालतले २०२५ अप्रिलमा युनविरुद्ध महाअभियोगको प्रश्तावलाई सदर गर्दै उनलाई पदबाट हटाएको थियो ।

२०२५ जनवरीमा युनलाई विद्रोहको मुख्य योजनाकारको रूपमा हिरासतमा राखेर अभियोग लगाइएको थियो । जसले उनलाई इतिहासमा पहिलो पटक पदमा रहँदा पक्राउ परेका तथा अभियोग लागेका राष्ट्रपति बनाएको थियो ।यो घटनाले दक्षिण कोरियाको लोकतन्त्रमा ठूलो संकट सिर्जना गरेको थियो । तर राष्ट्रिय सभाको तत्काल कदमले मार्सल ललाई छोटो समयमै अन्त्य गरिदिएको थियो ।

सम्बन्धित समाचार

अफगानिस्तानको आक्रमणको जवाफ दियौँः पाकिस्तानी अधिकारी

अफगानिस्तानको आक्रमणको जवाफ दियौँः पाकिस्तानी अधिकारी

पाकिस्तानी प्रधानमन्त्रीको विदेशी मिडियाका प्रवक्ता मोशर्रफ जायदले पाकिस्तानले अफगानिस्तानको उक्साहटपूर्ण गोलीबारीको तत्काल र प्रभावकारी जवाफ दिएको बताउनुभएको छ ।...

टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु

टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु

टर्कीको पश्चिमी बालिकेसिर प्रान्तमा बुधवार टर्कीको वायुसेनाको एक एफ–१६ फाइटर जेट दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा जेटका पाइलटको...

ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ

ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो कंग्रेसको सम्बोधनका क्रममा अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल...

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलले आफूमाथि लगाइएको जीवन कारावासको सजायविरुद्ध अपील दर्ता गर्नुभएको छ । यो अपील विद्रोहको...