अन्तर्राष्ट्रिय

अफगानिस्तानको आक्रमणको जवाफ दियौँः पाकिस्तानी अधिकारी

पाकिस्तानी प्रधानमन्त्रीको विदेशी मिडियाका प्रवक्ता मोशर्रफ जायदले पाकिस्तानले अफगानिस्तानको उक्साहटपूर्ण गोलीबारीको तत्काल र प्रभावकारी जवाफ दिएको बताउनुभएको छ । अफगान पक्षले पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा तोर्खम र तिराह उप–क्षेत्रहरूमा उक्साहटपूर्ण गोलीबारी शुरु गरेको थियो ।

जुन पाकिस्तानको उत्तर–पश्चिम खैबर पख्तूनख्वा प्रान्तमा पर्छ । पाकिस्तानी सुरक्षा बलहरूले तुरुन्तै र प्रभावकारी रूपमा जवाफ दिएका उहाँको भनाइ छ । देशले आफ्ना नागरिकहरूलाई संरक्षण गर्न तथा क्षेत्रीय अखण्डताको रक्षा गर्न जारी राख्नेछ ।

यसअघि अफगानिस्तानको रक्षा मन्त्रालयका उप–प्रवक्ता सेदिकुल्लाह नुसरतले पाकिस्तानी बलहरूले अफगान सुरक्षा कर्मचारीहरूमाथि गोली चलाएपछि द्वन्द्व शुरु भएको बताउनुभयो। अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानले आईतवार गरेको हवाई हमलाको जवाफ अफगानिस्तानले दिने बताउनुभएको थियो । अफगान पक्षकाअनुसार पाकिस्तानी सेनाले सीमा क्षेत्रमा हवाई हमला गरेको थियो जसमा १८ जना मारिएका र ५ जना घाइते भएका थिए ।

पाकिस्तानले भने आईतवार भनेको थियो कि उसले खुफिया जानकारीमा आधारित लक्षित हमला गरेको थियो । जसमा पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा ७ वटा उग्रवादी शिविर र लुकेका ठाउँहरूमा हमला गरेको थियो । जसमा ८० भन्दा बढी आतंककारी मारिएका थिए । यो हमला हालैका आत्मघाती बम विस्फोटहरूको जवाफमा गरिएको थियो । दुवै पक्षले एकअर्कालाई दोष लगाएका छन्, र सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ र।

सम्बन्धित समाचार

पूर्वराष्ट्रपति योललाई विद्रोह को मुद्दामा आजीवन कारावास सुनाइएकोमा अपील दायर

पूर्वराष्ट्रपति योललाई विद्रोह को मुद्दामा आजीवन कारावास सुनाइएकोमा अपील दायर

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई विद्रोह (इन्सररेक्सन) को मुद्दामा आजीवन कारावासको सजाय सुनाइएकोमा विशेष अभियोजक (स्पेसल काउन्सेल) ले बुधवार...

टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु

टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु

टर्कीको पश्चिमी बालिकेसिर प्रान्तमा बुधवार टर्कीको वायुसेनाको एक एफ–१६ फाइटर जेट दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा जेटका पाइलटको...

ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ

ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो कंग्रेसको सम्बोधनका क्रममा अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल...

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलले आफूमाथि लगाइएको जीवन कारावासको सजायविरुद्ध अपील दर्ता गर्नुभएको छ । यो अपील विद्रोहको...