बढ्यो नेप्से
काठमाडौं । बिहीबार सेयर बजार ६.०३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६५४.९३ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से १० अंक बढेको थियो भने मंगलबार २१ अंक बढेको थियो ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडको भयो । १३७ कम्पनीको मूल्य बढ्दा ११८ को घट्यो भने ७ को स्थिर रह्यो ।
निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०९ प्रतिशत बढ्यो । साथै बैंकिङ ०.६४, विकास बैंक ०.१३, फाइनान्स ०.७१, हाइड्रोपावर ०.०५, लगानी ०.३५, जीवन बीमा ०.०३, अन्य ०.०५ तथा व्यापार ०.४६ प्रतिशत बढे ।
होटल तथा पर्यटन ०.१६, उत्पादन तथा प्रशोधन ०.४१ र माइक्रोफाइनान्स सूचक ०.२८ प्रतिशत घटे ।
साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९.२६, हिमस्टार ऊर्जाको ६, झापा इनर्जीको ३.९३, मोलुङ हाइड्रोपावरको ३.७३ प्रतिशत बढ्यो ।
श्रीनगर एग्रिटेकको मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशत घट्यो । सुपर माइ हाइड्रोपावरको ३.२५ तथा रिडी पावरको २.८१ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा अपी पावर, आँखुखोला जलविद्युत्, एसवाई प्यानल, ङादी ग्रुप, र रिडी पावर क्रमशः अगाडि छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कति छ सुनको भाउ?
काठमाडौँ। सुनको भाउ बढेको छ। बुधबार स्थिर रहेको सुनको भाउ प्रतितोला आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल...
डलरको भाउ कति?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज/बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन...
बढ्यो नेप्से
काठमाडौं। बुधबार सेयरबजार १०.३० अंकले बढेर २६४८.९० अंकमा बन्द भएको छ। साताको पहिलो दिन आइतबार नेप्से घटे पनि त्यसयताका...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि ८८ दिनका लागि राष्ट्र बैंकले...




