खेलकुद

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजलाई ९ विकेटले हरायो।

दक्षिण अफ्रिका अपराजित रहँदै अन्तिम चारमा पुगेको हो। दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने दोस्रो टोली हो। यसअघि समूह २ बाट इङ्ल्याण्डले सेमिफाइनल यात्रा तय गरिसकेको छ।

जितका लागि १७७ रनको लक्ष्य पछ्याएको दक्षिणले १६.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेले।

उनले ४६ बलका सात चौका र चार छक्का हाने। यस्तै क्विन्टन डे ककले ४७, रायन रिकेल्टनले अविजित ४५ रन बनाए। बलिङमा वेस्ट इन्डिजका रोस्टन चेसले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि जेसन होल्डर र रोमारियो शेफर्डले सानदार साझेदारी गरेपनि टोलीको हार टरेन। दुवैले आठौँ विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

शेफर्डले अविजित ५२ र होल्डरले ४९ रन बनाए। यस्तै ब्रेन्डन किङले २१ र साई होपले १६ रन जोडे। बलिङमा दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले तीन तथा कागिसो रबाडा र कोर्बीन बोस्चले दुई दुई विकेट लिए।

सुपर आठमा दोस्रो जितसँगै ४ अङ्क बनाएको दक्षिण अफ्रिका समूह एको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको वेस्ट इण्डिजको २ अंक छ। एक एक खेल खेलेको भारत र जिम्बावेले खाता खोल्न सकेका छैनन्।

भारत र जिम्बावे आफ्नो दोस्रो खेलमा बिहीबार राति नै भिड्नेछन्।

सम्बन्धित समाचार

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं। आईसीसी टी २० विश्वकपको सुपर ८ अन्तर्गत बिहीबार आयोजक भारत र जिम्बावे भिड्दैछन्। यो खेल बुधबार साँझ ७...

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

काठमाडौं। यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ। गएराति मोनाकोसँग पिएसजी बराबरीमा रोकिएको...

टी २० विश्वकप क्रिकेट २०२६ : न्युजिल्यान्डसँग हार्‍यो श्रीलंका

टी २० विश्वकप क्रिकेट २०२६ : न्युजिल्यान्डसँग हार्‍यो श्रीलंका

काठमाडौँ। आईसीसी टी २० विश्वकप क्रिकेट २०२६ मा आयोजक श्रीलंका विश्वकप यात्राबाट बाहिरिएको छ। बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग...

इंग्ल्यान्ड टी २० विश्वकपको सेमिफाइनलमा, पाकिस्तानको यात्रा अनिश्चित

इंग्ल्यान्ड टी २० विश्वकपको सेमिफाइनलमा, पाकिस्तानको यात्रा अनिश्चित

काठमाडौँ। इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले हराउँदै सेमिफाइनल टी२० विश्वकप २०२६ को सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ। इंग्ल्यान्डको जितमा कप्तान...