पूर्वी पहाडी जिल्लामा फेरि भूकम्प
काठमाडौं। संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो। भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमासमेत महसुस गरिएको थियो।
बिहानीपखको निद्रामा रहेकाहरु भूकम्पको धक्का महसुस भएपछि आत्तिँदै घर बाहिर निस्किएका थिए। प्रारम्भिक सूचनाअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी नभएको जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...
१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...




